होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो पुनः लम्बिने भएको छ । सहमतिका नाममा असार १८ गतेबाट स्थगित हुँदै आएको स्थायी समितिको बैठक आइतबार पनि स्थगित भएर साउन ६ गते मङ्गलबारसम्मको भाखामा सारिएको छ । यो बीचमा किचलो मिलाउन पटक–पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका एक्लाएक्लै र निकटस्थ नेताहरु समेतको […]
चक्र बहादुर अएडी , बाजुरा ४ साउन ।जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेको सल्लेरि मसानझाडी सामुदायिक बन उपभोक्ता समितिद्धारा खालि जमिनमा वृक्षारोपण गरिएको छ । रुख रोपौ बन जोगाऊँ भन्ने मुल नाराका साथ सो कार्यक्रम गरिएको समितिका अध्यक्ष मनिराम विस्टले जानकारि दिए । सामुदायिक बनहरुको खालि जग्गामा मलालगाउँका युवाहरुको सक्रियतामा ५० हजार वरावरको […]
काठमाण्डाै – आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका […]
४ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासी विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) ले गत बैशाखदेखि सुरु अनलाइन कक्षा १ साउनदेखि बन्द गर्यो । उनीहरूले आफ्ना माग पूरा नभएको भन्दै शिक्षक तथा कर्मचारीलाई साउनदेखि बेतलवी विदामा राख्ने निर्णय गरे । रोचक के छ भने प्याब्सन र […]
नागरिक रैबार बाजुरा ३ साउन जिल्लाकाे सदरमुकाम मार्तडी बजार अहिले अध्याराेमा पनि उज्यालाे देखिदै गएकाे छ । बडीमालिका नगरपालिकाले उज्यालाे बडीमालिका अन्तरगत रकम विनियोजन गरेर सदरमुकाम मार्तडी भित्रकाे पक्की सडकमा साेलार बत्ति जडान कार्य सूरू गरेपछि सदरमुकाम मार्तडी बजार अहिले उज्यालिदै गएकाे हाे । सदरमुकाम मार्तडीकाे मुख्य बजारमा रातिकाे समयमा चाेरी, कुटपिट जस्ता घटना र […]
काभ्रे- काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । हेलिकप्टर उडानका लागि […]
बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा २ प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका […]
पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन्। तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध प्रहरीमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन। भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु सानो सिलाइदिएको भन्दै एक जनाले कट्टु सिलाउने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। भारतको भोपालस्थित हबिबगञ्जका कृष्ण कुमार दुबेले एकजना छिमेकी सूचिकारलाई […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बताए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो। गत असार १० गतेबाट जारी […]
असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ। रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुईरदुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ। केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा […]
काठमाडौं : नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो। अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर […]
नहकुल जोशी/ बाजुरा २ साउन। तराइ लगायत कतिपय जिल्लामा सलहले बाली सखाप पारी रहदा बाजुरामा भने अमेरीकी फौजी किराको प्रकोप देखिएको छ । मकै वालीमा अमेरीकी फौजी किराले आक्रमण गरे पछि बाली यस बर्ष मकैको उत्पादनका गिरावट आउनेमा स्थानिय चिन्तीत बनेका छन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांस स्थानमा अमेरीकी फौजी किराले मकै वाली विनास […]
नागरिक रैबार/बाजुरा २ साउन। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाई पठन-पाठन सूरु गराउन घर-घरमै शिक्षकहरु पठाएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लामो सयमको बन्दाबन्दीले विद्यालयहरु बन्द भएपछि मालिका माविले आफ्नो सेवा क्षेत्र भित्रका सवै टोलहरुमा शिक्षकहरुलाई […]
काठमाडौं, ०२ साउन । प्रदेश १ मा पहिलोपटक एक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएकाे थियो । त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार गर्नेक्रममा बिहीबार नै मृत्यु भएको हो । मृतक […]
बैतडी : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ। उक्त कार्यक्रममा आएको ६ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए। उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह […]
काठमाडौं, २ साउन । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपालबीच भएको छलफलमा स्थायी कमिटि बैठक शुक्रबार बस्ने सहमति भएको हो । बिहीबारको बैठकमा नेताहरुका अडान कायमै रहेपछि पार्टीको आन्तरिक विवाद सुल्झाउन कुनै सहमति नभएपनि स्थायी कमिटी […]
पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिए । पहिरो ले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको […]
धनगढी १ साउन। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त अनुदान रकममा बचत भएको २ लाख १० हजार चार सय अठहत्तर रुपैया राज्यकोषमा फिर्ता गरेकोे छ । महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावलले मंलगबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीलाई बचत रकमको चेक हस्तान्तरण गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १ साउन। लामो समयको बन्दाबन्दीका कारण खाद्यन्नको अभाव झेलिरहेका बडीमालिका नगरपालिका ९ का विपन्न परिवारलाई आईएन एफ बाजुरा शाखाले खाद्यन्न सामाग्री वितरण गरेको छ । विहिबार बडीमालिका नगरपालिका वडा नं. ९ का १ सय ७ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार ३० केजि चामल, २ केजि दाल, २ पोका […]
दैलेख, १ साउन । दैलेखमा कोरना संक्रमित भएका बिरामिहरुलाई उपचारका लागि निर्माण गरिएको आइसाेलेसन अस्पताल सञ्चालनमा आएको छ । सदरमुकामको उत्तरतर्फ तर्ताङ्गमा रहेको सरस्वती मन्दिरको डाँडामा कोराेना संक्रमित बिरामीका लागि बनाइएको ५० शैयाको अस्पताल बुधबारबाट सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकमबाट सो अस्पताल निर्माण […]