होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण
अपराध

वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण

  • नागरिक रैबार
वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण

बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा २ प्रहरी घाइते भएका छन् ।

आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका एक व्यापारी कुटपिट गर्ने समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको हो ।

विज्ञापन

बुढीगंगा नगरपालिका–८ बेतालमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरूले कुटपीट गरेको उजुरीपछि पक्राउ गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

ढुंगामुढा गर्ने वडाअध्यक्षका छोराको समूह फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै