होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप ३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरका ३२, डोटकिा दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार […]
काठमाडौं – विश्वभर १ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ पुगेको छ । यो समाचार तयार […]
काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले […]
नागरिक रैबार/बाजुरा १५ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय अझै भेटिएका छैनन् । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएका पाध्यायको दुईदिन देखि खोजी कार्य जारी गरिएको भएपनि अझै सम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका […]
काठमाडौं । ‘अब देशमै छ रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको छ । एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन् । रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य […]
काठमाडौं- नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो ।मोरङका ४५ वर्षका पुरुषको […]
नागरिक रैबार/बाजुरा १५ साउन। बाजुरा जिल्लामा यस वर्ष समयमै मनसुन शूरु भएपछि यस वर्ष धान रोपाई सय प्रतिशत भएको छ । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई सय प्रतिशत भएको हो । बाजुरामा […]
घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति […]
धनगढी: निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाई पाएका छन्। जिल्ला अदालत कञ्चनपुरले भखरै उक्त फैसला सुनाएको छ। तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ […]
नहकुल जोशी/बाजुरा १५ साउन। बाजुराको उत्तरपूर्वी क्षेत्रका स्थानिय तहमा रहेका माद्यामिक बिद्यालयले कक्षा ११ को परीक्षा आगामी भदौ २१ गतेबाट गर्ने भएका छन । कोरोना महाँमारिका कारण गत बैसाख÷जेठमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । राष्ट्रिय परीक्षाबोर्डले सम्वन्धीत विद्यालयले नै परीक्षा सञ्चालन गर्न कार्यविधि जारी गरेपछि निर्वाचन क्षेत्र नं क का ७ वटा माविले भदौ […]
१५ साउन, काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने […]
१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ । अध्यक्ष दाहालका प्रेस […]
काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो । घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर […]
भोजपुर : लकडाउन खुकुलो भएपनि कोभिड-१९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको […]
जाजरकाेट । कृषि बिकास कार्यालय जाजरकोटका प्राविधिक सहायक (सहायक स्तर पाचौ) सुचना अधिकारि टोपेन्द्र विश्वकर्माले आफ्नाे जन्मदिनको अवसरमा ब्लड क्यान्सर पिडित बालकको उपचारका लागि १० हजार सहयोग गरेका छन् । विश्वकर्माले जन्मदिनको अवसरमा भेरीनगरपालिका १३ कुदुका यज्ञ रोकायका २० महिने ब्लड क्यान्सर पिडित बालक युनिक रोकायलाइ उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन । […]
काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे । गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको […]
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो। ट्रकका चालक भने सामान्य घाइते भएका […]