होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीले सुरु गर्‍यो ‘तपाईंको मास्क खै’ अभियान
समाचार

प्रहरीले सुरु गर्‍यो ‘तपाईंको मास्क खै’ अभियान

  • नागरिक रैबार
प्रहरीले सुरु गर्‍यो ‘तपाईंको मास्क खै’ अभियान

भोजपुर : लकडाउन खुकुलो भएपनि कोभिड-१९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।

प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको प्रहरी निरीक्षक प्रदिप लामाले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ ।  सदरमुकामलगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, सुआहारा र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान परिचालन गरेको हो ।

विज्ञापन

यसअघि भोजपुरमा गत वैशाख ११ गते हतुवागढी गाउँपालिका १ र गत जेठ २२ गते षडानन्द नगरपालिकाका ५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार