होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । […]
धन बहादुर बोहरा/बाजुरा १७ साउन। लगातारको अबिरल बर्षाका कारण बुढिनन्दा नगरपालिका वडा न ३ को मेल्डुस्काको बस्ति पहिरोको उच्च जोखिममा रहेको छ । माथि सडक र तल बस्ती भए पछि सडक भाषिएकोले पहिरो जाने डर स्थानीयले बताएका छन् । यसरी बर्षा भए पछि सडक नजिकका जमिन दर्केर चिरा चिरा भएको छ । हामीले वर्षा भए […]
नागरिक रैबार/बाजुरा १७ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका ९ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक चयन भएका छन् । शनिबार एक औपचारीक कार्यक्रममा विच नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक र सचिवमा प्रकाश विष्ट चयन भएका हुन्। तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि २०७६ मंसिरमा गठन भएको […]
१७ साउन, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा […]
धनगढीः सुदूरपश्चिममा आज थप ५३जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जना सहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी […]
१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बबताए । कुनै पनि बाहानामा पार्टी विभाजन […]
सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिए । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पाँच सय ९७ पुगेको छ । यसमध्ये काठमाण्डौ चार सय २३ जना, ललितपुरमा ९७ जना […]
कपिलवस्तु, १७ साउन । मुस्लिमहरुको दोश्रो ठूलो पर्व बकर इद कपिलवस्तुका मुस्लिम समुदायले पनि भौतिक दूरी कायम गर्दै मनाएका छन् । कपिलवस्तुका मुस्लिम समुदायले ईद उल अजहा बकर इद खुशी साटसाट गरी मनाएका हुन् । बकर इदका बेला सामुहिक रुपमा इदगाह नमाज पढ्ने प्रचलन रहेको छ । तर, यस वर्ष कोरोना भाईरसका कारण शनिबार आ–आफ्नो घर […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा पदका लागि विवाद नरहेको बताएका छन् । तुलसीलाम आमात्यको स्मृतिमा आयोजित एक कार्यक्रममा उनले भने, ‘पार्टीमा पदको लागि झिनाझिप्टी बिल्कुलै होइन, पार्टीको विचार र पद्दतीलाई कसरी अगाडी बढाउने विषयमा बहस भइरहेको हो ।’ पदभन्दा ठूलो कुरा जनताको सेवा नै भएको जिकिर गर्दै उनले […]
चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकारी गर्दै भने । यसका लागि उनले आपत्तकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे […]
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । […]
काठमाडौँ – अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी […]
नागरिक रैबार/बाजुरा १६ साउन। नेपाली नारीहरुको महान चाड हरीतालिका तीज पर्व नजिकिएसंगै नेपाली बजारमा तीज गीतका भाकाहरु पनि धमाधम आउन थालिसकेका छन् । तीजका गीतहरु बजारमा आउने क्रममा गायक धर्म सुनार र रितु विष्टले पनि यस वर्षको तीजमा बत्र बस्नी हो बोलको तीज गीत सार्वजनिक गरेका हुन । विशेष फिल्मस प्रालिको प्रस्तुतिमा रहेको उक्त गीत […]
धनगढी: अछाममा एकैदिन फरकफरक स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्रमण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका छन्। दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी […]
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘ […]
बाजुरा १६ साउन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक रावतले गाउँमा पटक पटक ज्यान मार्ने धम्की दिएपछि छेडेदह गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मिन खड्का सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ मा गत असार २४ गते राति सोही वडा कै […]
धनगढी : सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ […]
काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएका थिए । सो बैठकमा अधिकांश प्रचण्ड–माधवकुमार नेपाल समूहका […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । कहाँकहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित […]