होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संक्रमित बढ्दै गएपछि आज राति १२ बजे बाट १४ दिन पुनः लकडाउन
समाचार

संक्रमित बढ्दै गएपछि आज राति १२ बजे बाट १४ दिन पुनः लकडाउन

  • नागरिक रैबार
संक्रमित बढ्दै गएपछि आज राति १२ बजे बाट १४ दिन पुनः लकडाउन

कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो।

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘

राति १२ बजेबाटै महानगरपालिकामा १४ दिन लकडाउन गर्ने निर्णय भएको हो’, उनले भने। ‘कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। त्यसलाई रोक्न यो कदम उठाउनु परेको हो’, सहायक प्रजिअ खड्काले भने, ‘यस अवधिमा घरबाहिर निस्किनेलाई पक्राउ गरेर कारवाही गरिनेछ।’ विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल, कोसी अस्पतालसहितका दर्जनौं कोरोना संक्रमित भेटिएका छन्।

विज्ञापन

बिश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यत्ति धेरै पुग्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ । एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ । एएफपी सबैको जानकारीको सेयर गर्नुहोस !!

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार