होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका ३० सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि
समाचार

कैलालीका ३० सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
कैलालीका ३० सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिममा आज थप ५३जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जना सहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन/तीन जना र बझाङकै मष्टा गाउँपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

विज्ञापन

आज ५३जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ७८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको सवास्थ्य मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ३२ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार