होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । ‘राष्ट्रपति– झलनाथ खनाल प्रधानमन्त्री– पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष– माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री– नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार उल्लेखित विवरण सामाजिक सञ्जालमा प्रस्तुत गरेका हुन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाका […]
नहकुल जोशी/कोल्टी २२ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाण्डौको थानकोट निवासी गोकुल गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाका लागि २ हजार ५ सय थान मास्क सहयोग गर्नुभएको छ । देउडा सर्जक, समाज सेवी गिरीले कोरोनाभाईरस नियन्त्रणका लागि सहयोग पुर्याउन भन्दै गाउँपालिकालाई सो संख्यामा मास्क सहयोग गर्नुभएको हो । उहाँले […]
चक्र बहादुर अएडी/बाजुरा २२ साउन । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् । संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन […]
सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका […]
वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाडौं गएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने गर्भवती अन्नु क्याललाई काठमाडौं पठाइएको पर्सा प्रहरीले […]
२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर […]
गोकर्ण दयाल, धनगढी: साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन्। आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ। घरमा खान पुग्दैन । स्कुल पढ्न कापी–कलम, पोसाक र झोला त निकै परको सपना जस्तो छ। यो पीडा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको हो। छिनमै पानी पर्ने, […]
काठमाडौं । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने […]
धनगढी: सुदूरपश्चिममा बिहिवार नौँ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका […]
काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए […]
काठमाडौं । स्वास्थ्य मन्त्रालयले राजधानीसहित देशभर कोरोनाभाइरस संक्रमित बढ्दै गएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आह्वान गरे । ‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र […]
दार्चुला: दार्चुलामा आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन। घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको […]
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट […]
काठमाडौं । सवारीसाधन बाहकले सवारी साधनको प्रयोग गरेबापत कर तिर्नुपर्ने विषय नौलो होइन । देश संघीय संरचनामा जानुभन्दा धेरै अघिदेखि यस्तो कर उठाउने व्यवस्था सुरु भएको हो । पहिले नेपाल सरकारले उठाउँदै आएको यो कर अहिले भने प्रदेश सरकारको कार्यक्षेत्रमा गएको छ । नेपालको संविधान २०७२ को अनुसुची ६ ले सवारी साधन करलाई प्रदेशको एकल […]
२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए । ‘विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको छ’ परीक्षा नियन्त्रक खकुरेल भन्छन्, ‘नतिजा […]
स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको […]
नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लागायत देशका मख्य ठूला सहरहरुमा समुदायस्तरमा संक्रमण देखापरेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको छ । संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने सम्भावना बढेको छ । यसलाई पछिल्लो समय समुदायमा […]
काठमाडौं: कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री […]
काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले गरेको निर्णय इन्कार गर्दै अघि बढेपछि त्यसयता द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण […]