होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ
समाचार

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

  • नागरिक रैबार
प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।

६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार