होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि […]
२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका […]
केही दिन यता हाम्रो समाजमा झैझगडा, असन्तुष्टि र बिबादहरु भैरहेका छन । यस प्रकारका सामाजिक सद्भाव बिथोल्ने विवाद एवं झैझगडाहरु दाेहाेरिन नदिने बाताबरणका लागि स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशसन लगायत सम्बन्धित सराेकारवाला पक्षहरु सँग हार्दिक आग्रह छ । समाजमा एकलाई परेको बेला अर्कोले उद्दार भावले सघाउने, दुखबेदना बाडचुड गर्ने, एक ताउलाकाे भात, एक नाउलाकाे […]
२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]
एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]
नागरिक रैबार/बाजुरा २८ साउन । गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो । बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने […]
काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा […]
२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]
२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना […]
२८ साउन, सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए । ‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न […]
काठमाण्डाै – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस’ ले जनाएको छ । भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि […]
२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुढीनन्दा नगर संगठन कमिटीद्धारा बुधबार कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । कोल्टीमा आयोजित नेकपा नगर संगठन कमिटीको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश […]
काठमाडौं । चन्द्रागिरी बस्ने दम्पत्ति आपसमा छुट्टेको करिब ६ महिना भएको थियो । पारपाचुके भैसकेको थिएन, छुट्टै बस्थे । कपिल (नाम परिवर्तन)लाई एकदिन पुलिसको फोन आयो । फोन गर्ने प्रहरी अधिकारीले भने– ‘तपाईंको नाममा एउटा निवेदन परेको छ, टेकुमा आउनुहोस् ।’ कपिल टेकु पुगे । त्यहाँ पुग्दा पो थाहा भयो, जाहेरी दिने उनकै श्रीमती थिइन् […]
२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण […]
मानव एक सर्वश्रेष्ठ प्राणी हो त्यसैले त गास,वास,कवास को अति आवश्यक छ । मानव लाई यहाँ कसैलाई जिवन जिउन कति कठिन छ,त्यो कठिन अवस्थामा दिन काट्दैछन् त्रिवेणी नगरपालिका ३ अपाङ्ग धौले भण्डारी र उनकी श्रीमति कमला भण्डारी । राज्यले उक्त दम्पति दुवैलाई अपाङ्ग परिचए पत्र त दिएको छ तर धौले भण्डारी लाई आफ्नो दैनिक जिवन […]
प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ प्रयोगशालाको उद्घाटन गर्दै धनगढीमै दुईवटा प्रयोगशाला भएको भन्दै परीक्षणको दायरा बृद्धि हुने विश्वास व्यक्त गरे। तर मुख्यमन्त्रीको विश्वास विपरीत स्वास्थ्य कार्यालय कैलालीमा स्थापना […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का युवाले भत्केको बाटो मर्मत गरेर अवरुद्ध बाटो सुचारु गरेका छन् । वडा नं. ९ स्थित गैरीबजार देखि माझगाउँ आउने बाटो साउन २५ गते रातिको अविरल वर्षाका कारण भत्केको थियो । बाटो भत्किएपछि माझगाउँ देखि गैरीबजार जाने बाटो अवरुद्ध बनेको थियो । सो ठाउँको बाटो […]