होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता […]
२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो । कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, […]
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन […]
कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए […]
काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे । गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम सिम, […]
इलाम । जिल्लाको माई नगरपालिका–बस्ने यामकला विश्वकर्मा (आचार्य) ले जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्दा दर्ता गरेकी छन् । अन्तरजातिय विवाह गरेका कारण बुबाको मृत्यु हुँदा अनुहार हेर्न र सामुहिक काजकिरिया गर्न नदिएको भन्दै उनले मुद्दा दर्ता गरेकी हुन् । ११ वर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र […]
९ हजारभन्दा बढीको जीपीए ४ कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर सार्वजनिक गरिएन पुनर्योग गराउन, उत्तर पुस्तिका हेर्न, पुन: परीक्षण गराउन नपाइने, पूरक ग्रेड वृद्धिको परीक्षा पनि नहुने भाद्र २, २०७७मकर श्रेष्ठ, सुदीप कैनी काठमाडौँ — कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
काठमाडौँ- मनसुनी न्यून चापीय रेखाको प्रभावले अहिले नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । आज राति […]
नागरिक रैबार/बाजुरा २ भदाै। बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ । अभियान्ता शाहीको पहलमा बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नका लागि छलफल भईरहेको बताए। ‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो,’ प्रवक्ता मुडभरीले भने, ‘अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, […]
काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । श्रेष्ठलाई काउन्सिल सदस्यबाट भने हटाइएको छैन […]
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने […]
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार कोरोना मुक्त भएर थप सात जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कञ्चनपुर, बैतडी र बझाङबाट दुई÷दुई र कैलालीबाट एक जना संक्रमितलाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै […]
दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका […]
ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालय९ एसईई०ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
धनगढी : कोरोना भाइरस(कोभिड –१९)को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]