होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका […]
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु […]
४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार […]
४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित महानगरका १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । […]
४ पुस, धनगढी । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट […]
लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । […]
काठमाण्डाै – गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओकाे दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको […]
धनगढीः वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे। नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।’ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको छ । शुक्रबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७२ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको हो । सकृय संक्रमितमा अछाम ३३९, बेतडी १०७, बझाङ्ग ३६०, बाजुरा ५२,डडेल्धुरा २८३, दार्चुला २६२, डोटी १९०, कैलाली ७०१, कंचनपुर २२९ […]
३ पुस, जाजरकोट । चिसो मौसममा डोल्पामा प्रायः प्रकृतिले नै नाकाबन्दी गर्ने गर्दछ । यस मौसममा यहाँका नागरिकले सोचेको र आँटेको काम गर्नु त परै जाओस्, गाउँघरमै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि गाह्रो छ । उपल्लो डोल्पाका सर्वसाधारणलाई त झनै गाह्रो । आवश्यक खाद्यान्न, लत्ताकपडादेखि अधिकांश दैनिक अत्यावश्यकीय सामग्रीहरु पनि आयातीतमै भर पर्नुपर्ने विडम्बना […]
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ ।यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले […]
काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम […]
नेपाली जनताले मध्यावधि चुनावको भाउँतो व्यहोर्नु नपरोस् भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पाँच वर्षसम्म सरकार चलाउन बहुमत दिएका हुन् । तर, यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संसद विघटन पो गर्ने हुन् कि भन्ने त्रास नेकपा नेताहरुले नै व्यक्त गर्न थालेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतका नेताहरुसँग […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अधयक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले त्यस्तो निष्कर्ष निकालेको हो । भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ […]
नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर आरोप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको आरोप लगाएका हुन् । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो आरोप लगाएका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिदा लोकतान्त्रिक प्रणाली […]
बैतडी: बैतडीका जनप्रतिनिधीहरुले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। २८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि बैतडीका ३ स्थानीय तहका जनप्रतिनिधिले पत्र लेखेका हुन। जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका जनप्रतिनिधीले प्रधानमन्त्रीलाई पत्र लेखेको थलीका संयोजक यादव जोशीले […]
धनगढीः सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ नमूना परीक्षण गर्दा कैलालीका ३१सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २/२ […]
काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । […]
नागरिक रैबार/बाजुरा २ पुस। जिल्लाको बडीमालिका नगरपालिकाका ३ महिला सहित ११ जना पुरुषमा कोरोना पोेजेटिभ देखिएको छ । मंसिर ३० गते बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो […]
संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र […]