होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीकी यङ्छो बुटी तामाङ भदौ दोस्रो साता चार दिन लगाएर हुम्ला सदरमुकाम सिमकोट पुगिन् । नागरिकता बनाउनैका लागि जिल्ला सदरमुकाम आएकी उनी घर भने तीन दिन हिँडेर पुगिन् । ‘उताबाट आउँदा चार दिन हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाँदा भने तीन दिनमा पुगिन्छ ।’ नागरिकता लिन एक साता पैदल […]
काठमाडौं, असोज ३ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरिन् । नेपाली जनताको बलिदानपूर्ण […]
३ असोज, काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता-जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको […]
नागरिक रैबार/बाजुरा २ असोज। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले मार्तडीमा कालो झण्डा सहित उनको विरुद्धमा प्रर्दशन गरेका छन् । नेता पाण्डेलाई शनिबार मार्तडीमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले कालोझण्डा सहित उनी विरुद्ध प्रर्दशन गरेका हुन् । नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका लागि शनिबार गृह जिल्ला पुगेका नेता पाण्डेलाई […]
बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–०८५ का अनुसार ०८२ सम्म सबै प्रकारका बालश्रमको निवारण गरिसक्ने लक्ष्य थियो । त्यसका लागि पाँच वटा रणनीतिहरु अपनाइएको थियो । ती हुन्, बालश्रम निवारण सम्बन्धी नीतिगत, कानुनी र संस्थागत व्यवस्थापनमा सुधार, बालश्रमका परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्धार र पुनस्र्थापना इत्यादि । यी रणनीतिले भने कर्णालीमा सार्थकता पाउन सकिरहेको […]
औसत मान्छेको चोलामा यस्तो स्थिति रहरलाग्दो हुन्छ, जब सिर्जना र श्रमले एक अटुट लय बनाउँछ । अनि त्यही लयमा जीवन-भोगाइका सुदूर क्षणहरू कथानक धुन बनेर गुञ्जन्छ । प्रकाश सपूतको हकमा आज यस्तै भइरहेको छ । चार वर्षअघि फर्किएर हेर्दा उनीसँग के थियो ? न प्रसिद्धि, न वैभव । उनले टेकेको धरातल साँघुरो थियो । त्यहाँ […]
राजविराज — सप्तरीको खडक नगरपालिका–३ स्थित आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो । न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ । शोभाकान्त […]
धनगढी: दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै महाकाली नगरपालिका -४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ। […]
नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले […]
जाजरकोट– उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यन्नको संकट भएको हो । वर्षायामको कारण बजारहरूमा बिक्री गरिने खाद्यान्नको मुल्य महँगो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा बिक्री हुने खाद्यन्न नभएपछि ग्रामीण […]
काठमाडौं, न जिल्ला फुटबल संघ, न त कुनै व्यावसीयक फुटबल क्लब नै छ । तर पनि व्यावसीयक फुटबल खेलाडी बन्ने इच्छा बलियो छ । बाजुराका युवा खेलाडीको सपनालाई विकेन्द्रिकरणको विषय नारामै सिमित काठमाडौं केन्द्रित फुटबलको प्रशासनिक संरचनाले पनि भाँजो हाल्न सकेको छैन ।त्यसैले त तुलनात्मक रुपमा भलिबल र क्रिकेटको मोह बढी रहेको बाजुरामा पछिल्लो समय […]
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा […]
सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ । भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन । ‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् । ३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लामा रहेका मानव अधिकारकर्मीहरुको सुरक्षा एंव सरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जिल्ला स्थित सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम मार्फत छलफल गरिएको छ । मानव अधिकार रक्षक संजाल बाजुरा र इन्सेक बाजुराको सयुक्त आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बाजुरामा मानव अधिकार हनन् हुने खालका घटनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ३० भदौ। नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी युवा नेता चक्र शाहले आफ्नो उम्मेदवारी पार्टी सभापतिमा रहने घोषणा गरेका छन् । बुधबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेता शाहले नेपाली काँग्रेसको जिल्लाको सातौं अधिवेशनमा पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । जिल्लामा यसपटक काँग्रेसमा युवा नेतृत्वको टिम आउन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी […]
नागरिक रैबार/बाजुरा ३० भदौ। सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आजबाट प्रथम त्रैमाशिक परीक्षा संचालन गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द भएको विद्यालयले कोरोना महामारीे नियन्त्रणमा आएपछि गत असार २५ गतेबाट विद्यालयमा पठनपाठन सूचारु गरेको थियो । कोभिड-१९ का कारण गत असार २५ गतेबाट विद्यालयमा स्वास्थ्यका मापदण्ड […]
काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् । गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म नगरेको, झूटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ । सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम छ । स्थानीय भाषामा यसलाई ‘धर्म समात्ने’ भनिन्छ । यसका लागि भुजुङवासीले बर्सेनि भदौ अन्तिम साता सभा राख्छन् । यसलाई ‘भदौ सभा’ […]