होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, कार्तिक २०। यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु । आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष […]
गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीन दोबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब […]
धनगढीः पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन्। […]
काठमाडौँः भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन्। हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
१९ कात्तिक, रामपुर (पाल्पा) । तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ७ काे बाँधु बगरमा जीप दुर्घटना भएकाे छ । काेल्टीबाट हिमाली गाउँपालिकाकाे धुलाचाैर जाँदै गरेकाे भे १ ज १०४६ नम्बरकाे जीप विहिबार दिउसाे ४ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएकाे स्थानीय प्रत्येक्ष दर्सि विर्ख एल आरले बताएका छन् । उहाँका […]
काठमाडौं १८ कात्तिक। आज धेरै नेपालीको घरमा लक्ष्मीपूजा हुँदैछ । धनधान्यले सम्पन्न हुन लक्ष्मीमाताको आराधना हुँदैछ । तर धन सम्पत्तिका लागि यसरी आराधना गर्ने नेपाली समाजमा त्यही सम्पत्तिको मानक नेपाली नोटको जतन गर्ने संस्कार भने फिटिक्कै छैन । खासगरी हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना […]
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’ यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। त्रिबेणी नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले एक बिज्ञप्ती जारी गर्दै केही दिन पहिला नगर प्रमुख रामसिं रावलको सचिवालयले निकालेको बिज्ञप्तीमा कुनै तुक नभएकोले कोही कसैले भ्रममा नपर्न अनुरोध गरेका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्य गरी १० जनाको सुयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा चयन भएका छन । नेकपा एमाले त्रिबेणी नगर कमिटिको उपाध्यक्षमा बिनोद ऐडी, सचिवमा जयबिर साउँद, उपसचिवमा देबसरा बुढा र गोकुल साउँद लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ । बाजुराका ९ ओटा स्थानीय तह मध्य […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। दोस्रो नगर स्तरीय फुटवल प्रतियोगिताको कप पनि बडीमालिका नगरपालिका ९ ले जितेको छ ।आज सम्पन्न भएको फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २-१ ले पराजित गर्दै बडीमालिका ९ दोस्रो नगर स्तरीय कप जितेको हो । अघिल्लो वर्ष समेत कप जितेको बडीमालिका ९ ले यस वर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो […]
१६ कात्तिक, काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । […]
काठमाडौं : कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस दिन बिहान ११ः ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन्।सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]
नागरिक रैबार बाजुरा १५ कार्तिक एमाले बडीमालिका नगर कमिटीको प्रथम नगर अधिबेशन ४ दिनपछि सम्पन्न भएकाे छ । कार्तिक १२ गतेबाट सूरू भएकाे प्रथम नगर अधिवेशन ४ दिनपछि आज सम्पन्न भएकाे हाे । साेमबार सम्पन्न भएकाे नगर अधिवेशनबाट अध्यक्षमा धर्मराज पाध्याय, उपाध्यक्षमा विमला कुमारी साउंद, सचिव राजेश पायल विक, उपसचिव कर्णबहादुर विक, कालू रावल लगायत […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक।बाजुराका दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको छ । जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव् गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको २०७८/५/२१ गतेको ईजालासले […]
कैलाली : कैलाली प्रहरीले जुवाखालबाट १८ जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष […]
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ। सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन्छ। नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर […]