होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो । कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, […]
काठमाडौं- पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् । सरकारकै लापरबाही र अहंकारले अहिले कोरोना संक्रमण भयावह अवस्थामा पुगेको थापाले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो […]
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन […]
२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]
कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए […]
काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही […]
अत्तरिया – सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरेकी छन् । गरिबी र शिक्षाको अभाबका कारण सानै उमेरदेखी पढाइवाट बञ्चित रहेकी चौधरीले यस बर्ष एसईई पास गरेकी हुन् । यस बर्ष कोरोना महामारीका कारण परीक्षा हुन नसकेपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले आन्तरिक मुल्यांकन गरेर पठाएको नजितालाई रुजु गरेर सार्वजनिक गरेको हो । उनले श्रीपुरमा […]
२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल […]
२ भदौ, काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु […]
इलाम । जिल्लाको माई नगरपालिका–बस्ने यामकला विश्वकर्मा (आचार्य) ले जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्दा दर्ता गरेकी छन् । अन्तरजातिय विवाह गरेका कारण बुबाको मृत्यु हुँदा अनुहार हेर्न र सामुहिक काजकिरिया गर्न नदिएको भन्दै उनले मुद्दा दर्ता गरेकी हुन् । ११ वर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र […]
काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको […]
९ हजारभन्दा बढीको जीपीए ४ कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर सार्वजनिक गरिएन पुनर्योग गराउन, उत्तर पुस्तिका हेर्न, पुन: परीक्षण गराउन नपाइने, पूरक ग्रेड वृद्धिको परीक्षा पनि नहुने भाद्र २, २०७७मकर श्रेष्ठ, सुदीप कैनी काठमाडौँ — कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको […]
काठमाडौँ- मनसुनी न्यून चापीय रेखाको प्रभावले अहिले नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । आज राति […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नका लागि छलफल भईरहेको बताए। ‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो,’ प्रवक्ता मुडभरीले भने, ‘अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, […]
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
धनगढी : कोरोना भाइरस(कोभिड –१९)को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]
१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
काठमाडौँ — सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो । घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी ल्याउन सकिने भए पनि नेताहरूको होडबाजीका कारण ६ जना घाइतेलाई उद्धार गर्न ५ […]