होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संयुक्त राष्ट्रसंघ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाममा मार्तडी नजिकै एक होटलबाट पक्राउ परेका हुन । होटल हिलटपमा जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । ३३ हजार नगद सहित ५ जना पक्राउ […]
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उच्चस्तरिय टोली बिहीबार बिहानै अछाम र बाजुरा पुगेका छन् । धनगढीबाट बाढी पहिरो पीडीतका लागि राहत बोकेर मुख्यमन्त्री भट्टको टोली बाढी पीडित क्षेत्रमा पुगेका हुन् । मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह र प्रमुख सचिवसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका– ५ सैनी […]
१८ भदौ, काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले […]
१८ भदौ, बुटवल । प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन […]
१८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको […]
धनगढी– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ। विहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ। भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।
१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक […]
१८ भदौ, काठमाडौं । नेपालको सबैभन्दा जेठो सरकारी अस्पताल, वीर अस्पतालको हालत कस्तो छ ? कोरोना संक्रमितहरु र अन्य बिरामीहरुको उपचार के–कसरी चलिरहेको छ ? स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो छ ? एकचोटि वीर अस्पतालभित्र पसौं– उदाहरण १ : वीर अस्पतालको आकस्मिक कक्षको १२ नम्बर बेडमा काभ्रेबाट एकजना बिरामी आएका थिए । टाउको सम्बन्धी समस्या लिएर आएका […]
बागलुङ, १८ भदौ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका—९ बोबाङमा निरन्तरको बर्षा संगै आएको बाढी पहिरोमा पुरिएर १७ जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । ती मध्ये अहिले सम्म ५ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक सारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । वेपत्ता भएकाहरुको संख्या अझै बढ्न सक्ने चौधरीले बताउनुभयो […]
काठमाडौं, १८ भदाै । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको […]
डोटी–कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्। कोरोनाबाट जोगिन […]
१८ भदौ, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, […]
काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर […]
१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार […]
काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बीमा समितिले वैशाख ४ […]
१४ भदौ, काठमाडौं । पछिल्लो समय कारागारमा रहेका कैदी बन्दीहरुमा कोरोना संक्रमण बढ्न थालेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले चिन्ता व्यक्त गरेका छन् । साथै सुरक्षाकर्मीहरुमा पनि संक्रमण बढेकोमा गृहमन्त्री चिन्तित देखिएका छन् । आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठक बैठकमा सहभागिता जनाउँदै मन्त्री थापाले कारागार र ब्यारेकहरुमा संक्रमण बढेकोमा चिन्ता प्रकट गरेको बैठकमा सहभागी […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ५९३ पुरुष गरी देशभर थप ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको उनले बताए ।
१२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने […]