होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु हुने भएको छ । सरकारी अधिकारीले […]
१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले […]
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको […]
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको […]
काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा […]
लमजुङ- कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा ७ वटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागिएको बताएकी छन् । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा इजरायली राजदूतसँगै लमजुङ आएकी मन्त्री अर्यालले ७ वटै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन् । कृषि मन्त्रालयले यसै […]
काठमाण्डौ – भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् ।८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । अखिल […]
काठमाण्डाैँ १४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन्। प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन। ओलीका निकटस्थका अनुसार […]
काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार भेटबार्ता गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । र, दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड–माधवलाई जवाफ […]
मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका १४ वटा वडामा रहेका एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गत ७ फागुनको प्रजातन्त्र दिवस अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्रका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । भत्ता पाएपछि एकल पुरुषले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गरेका छन् । वडा नम्बर १४ का ५० […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय […]
‘बादी समुदायको हितरक्षा र कल्याणका लागि सरकारका तर्फबाट सुनिश्चित गरिनुपर्ने नीतिगत स्पष्टता र कार्यक्रममा प्रभावकारिता अझै देखा नपरेको प्रतीत हुन्छ,’ १५ फागनु २०७५ मा सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको परमादेशमा लेखिएको छ । सरकारले बादी समुदायसँग विभिन्न समयमा गरेको सहमति सम्झौता कार्यान्वयन गर्दै बादी समुदायका लागि सामाजिक, आर्थिक विकास र सांस्कृतिक सरंक्षणको कार्यक्रम चलाउनू भनी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र […]
काठमाण्डाैँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि नयाँ सत्ता समीकरणको बहस प्रारम्भ भएको छ। संसद विघटन गरेका प्रधानमन्त्री ओली सत्ताच्यूत हुने लगभग निश्चित भएको अवस्थामा बन्ने सत्ता समीकरण कस्तो होला ? यसबारे राजनीतिक दलहरुदेखि सर्वसाधारणसम्म बहस सुरु भएको छ। अब बन्ने सरकार आगामी स्थानीय तह, […]
काठमाण्डाैँ १३ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि संसद् सचिवालय बैठक सञ्चालनको तयारीमा जुटेको छ । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् । बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । […]
धनगढी: कञ्चनपुरकी एक वडा सदस्यद्वार प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका -२ की वडा सदस्य रमा भण्डारी (बिष्ट)ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा सोही वडाको शैलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बुधबार ५०/५० ओटा कापी र कलम वितरण गरेको […]
काठमाडौँ- बहुचर्चित तथा आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म सूचीकृत बेरोजगारको संख्या ७ लाख ४३ हजार १४० छ । यो संख्या ७ लाख ७ हजार ६ घरधुरीबाट सूचीकृत भएको हो । गत आर्थिक वर्षमा २०७६/७७ मा २ लाख २१ हजार ८०६ धरधुरीबाट ३ लाख ७० हजार ७३४ जना सूचीकृत थिए । सूचीकृतमध्ये १ […]
नागरिक रैबार फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा– प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले बताएका छन् । पाध्याय बडीमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रचण्ड-माधवपक्ष बाजुरा जिल्ला कमिटीका अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी ओलीले अब राजनीति रुपमा सन्यास लिनु पर्ने बताएका छन् । बुधबार संसद पुनःस्थापनाको खुशीयालीमा सदरमुकाम मार्तडीमा उठेको जुलुस कोणसभामा परिणत भई समापन पछि भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले भने ओलीले कम्युनिष्ट आन्दोलनकै वेईज्जत गरेको र नेपाल […]
नागरिक रैबार । बाजुरा १२ फागुन । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले सर्वाेच्च अदालतले संसद पुनस्थापनाकाे फैसला गरेपछि लाेकतन्त्रकाे रक्षा भएकाे बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामिकार्तिक गाउँपालिकामा अायाेजना गरेकाे पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरणमा मन्तब्य राख्दै अध्यक्ष शाहीले यस्ताे बताएका हुन् । उनले सर्वाेच्च अदालतकाे संसद पुनस्थापनाकाे फैसलाले […]
नागरिक रैबार । बाजुरा १२ फागुन । बाजुराका पत्रकारहरूकाे क्षमता विकासका लागि १ दिने अभिमुखिकरण कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा सूरू भएकाे छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकाे प्रदेश समितिकाे अायाेजना तथा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाे सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सूरू गरिएकाे हाे । बाजुराका पत्रकारकाे क्षमता विकास गर्ने उद्वेश्यका साथ पहिलोपटक स्वामिकार्तिक […]