होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संखुवासभा : संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए। तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक […]
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर […]
३१ भदौ, चितवन । मौसम प्रतिकुलताका कारण चितवनको भरतपुर विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ । निरन्तर परिरहेको पानीका कारण आज उडान र अवतरण बन्द भएको विमानस्थलका सूचना अधिकारी दिपक विकले बताए । भरतपुर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक ११ वटा उडान हुने गरेको छ । उडान प्रभावित भएपछि यात्रु फर्कन बाध्य भएका छन् । […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए । सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको […]
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
बैतडी, भदौ ३० । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
भाद्र ३१ ,काठमाण्डौ — नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको […]
लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको प्रहरीले जनाएको छ। काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ’, उनले भने, ‘८ वटा […]
३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । सरकार मातहतका देशैभरिका […]
३१ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइरहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमणललगायत विषयलाई हेडलाइन बनाएका छन् । ‘सरकारको अंकुशमा संवैधानिक अंग’ शीर्षक दिएर नागरिकलले संवैधानिक अंगमाथि हस्तक्षेप हुन थालेको लेखेको छ […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बिहिबार देखि बाजुरा जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षा भईरहेको छ । बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रको जनजिवन प्रभावित भएको छ । बर्षायाम सकिने समयमा भदौरे झरी बढेपछि खेती योग्य जमिन तथा दर्जनौँ बस्तीहरु जोखिममा रहेका छन् । सदरमुकाम मार्तडी आसरपासमा मख्य नदिहरु भन्दा खहरे खोलाको बाढीले जनतालाई त्रास देखाई रहेको छ […]
नागरिक रैबार/बाजुरा २८ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नं.१ पिनालेखबाट शुक्रबार प्रहरीले नगद सहित पाच जना जुवाडेलाई रङगे हात पक्राउ गरेको छ । प्रहरीले साँझ आठ बजे जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा पिनालेखको शुरेश दानीको होटेलमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई […]
नागरिक रैबार/बाजुरा २७ भदौ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने अनन्ते मेला पर्व शुक्रबार बाट विधिवत रुपमा सूरु हुने भएको छ । तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको […]
चितवन। प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरालाई प्रहरीले पक्राउ गरेको छ। चितवन मेडिकल कलेजबाट चन्दका छोरा प्रकाश चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरीले जनाएको छ। उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध […]
ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेर मनाईने पञ्चमी विशेषतः महिलाहरुले मनाउने गर्छन । महिनावारीका बेला गरिएको पाप हटाउनका लागि हिन्दु धर्मावलम्बी महिलाहरुले पूजा गर्ने चलन र विश्वास छ । बिहानै उठेर नुहाउने र ब्राह्मणलाई निमन्त्रणा गरि पूजा आजा गर्ने चलन छ । पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा […]
काठमाडौं : नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए। ‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
धनगढी,भदौ २४ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक स्थानीय नेताको गाडीमा आगजानी गरिएको छ । घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी भएको कैलाली प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला […]
एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी […]