होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डाेटी १४ मंसिर । डोटीमा प्रेसर कुकर बम भेटिएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरिएको उनले बताए। यस्तै सोहि ठाउंमा ढुंगा […]
संगिता तिमिल्सेना/ बाजुरा १४ मंसिर । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं १ छतारामा वडा अध्यक्षका लागि उपनिर्वाचन सुरु भएको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट मतदान सुरु गरेको त्रिवेणीका वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभएको छ । मतदान अनुशासित तरिकाले सम्पन्न गर्नका लागि महिला र […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । चिसो छल्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको गौमुल गाउँपालिका ३ माझपालीमा रहेको बालविकास माध्यायिक विद्यालयका विद्यार्थीहरुलाई रातो बंगला फाउन्डेसनद्धारा चिसो छल्न न्यानो लुगा वितरण हो । दुर्गम विद्यालयमा रहेका बालवालीकाहरुलाई चिसोबाट जोगाउनको लागि रातो बंगला फाउन्डेसनको सहकार्य र ‘माया र न्यानो बाडौ’ भन्ने गैर सरकारी संस्थाको आयोजनामा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । जिल्ला सदरमुकाम मार्तडी (नेकपा)पार्टी कार्यालय नजिकै जिप पल्टिएको छ । शुक्रबार सदरमुकाम मार्तडीबाट कोल्टीका लागी छुटेको से १ ज १०१९ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट यात्रु बोकेर कोल्टीका लागी छुटेको जिप सडक हिलाम्बे हुँदा सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा […]
धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अ’तिक्रमित भूमि फि’र्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भ’त्काउँदै जमिन फि’र्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर ग’ण सुनसरीबाट ख’टिएको टो’लीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अ’तिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा ब’नाएका थिए ।भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । बाजुरा सहित सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे […]
बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ। नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनिय भएको विज्ञप्तीमा […]
काठमाडौँ — राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
कञ्चनपुरमा बलात्कारको मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेको आरोप लागेका प्रहरी निरिक्षक नैनसिह साउँदको अडियो सम्वाद बाहिरिएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख समेत रहेका प्रहरी निरिक्षक साउँदले मुद्धा दर्ता गरी कानूनी प्रक्रिया अगाडी बढाउनुको सट्टा नौ लाख रकममा मिलाउने भूमिका खेलेको अडियो संवादबाट पुष्टि हुन्छ। के थियो घटना ? गत साता कृष्णपुर नगरपालिका वडा नम्वर ४ […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गएराति राति ११ बजे ना ७ त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर […]
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही […]
कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पसमा ताला लगाएको हो। गत सोमबार नेविसंघले क्याम्पस प्रशानलाई माग पुरा गर्न एक हप्ताको समय दिएको थियो। नेपाल विद्यार्थी संघ जनज्योती ईकाइ समितिले क्याम्पसमा स्नातक प्रथम वर्षका विद्यार्थीको वृद्धि गरिएको शुल्क फिर्ता गर्नु पर्ने, क्याम्पसको मुखपत्र ज्योती प्रकाशन गर्नुपर्ने, विद्यार्थीहरुको आवश्यकता अनुसारका […]
बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार अपराह्न देखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ सम्म नाका बन्द रहने जनाइएको छ । मंसिर ८ मा भारतमा विधानसभाको उपनिर्वाचन हुने भएकाले सुरक्षा संवेदनशीलता कारण शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ साँझ ५ बजेसम्म सीमानाका बन्द […]
४ मंसिर, काठमाडौं । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]
४ मंसिर, जनकपुरधाम । सिरहाको लहानबाट नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे । भेटिएको ट्यांकरमा तेल खन्याइएको […]
दयाराम पण्डित/ बाजुरा ३ मंसिर । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त […]
(१)भुईंचालोको समयमा लिएर हिडने झोला तयार राख्नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरू र आफ्नो परिचयपत्रको फोटोकपिहरू । (२)आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्नुहोस्। (३)भुईंचालो गएपछिको समयमा टेलिफोन सन्जाल […]
बाजुरा ३ मंसिर ।सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर १६ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ । भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। डडेल्धुरा, बझाङ, अछाम बाजुरा लगायतका जिल्लाका साथै भारतका विभिन्न स्थानमा पनि धक्का महशुस […]