होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • भुईंचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू हेर्नुहाेस
समाचार

भुईंचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू हेर्नुहाेस

  • नागरिक रैबार
भुईंचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू हेर्नुहाेस

(१)भुईंचालोको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरू र आफ्नो परिचयपत्रको फोटोकपिहरू ।
(२)आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।
(३)भुईंचालो गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरू आदानप्रदान गर्नुहोस्।
(४)भुईंचालोको समयमा खस्ने वस्तुहरू मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि घरपरिवारहरूले साधारण उपायहरू गर्नसक्दछन्। यस्ता वस्तुहरूमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।
(५)भुईंचालोको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।
(६)जब भुईंचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।
(७)भुईंचालो आएको बेला शान्त रहनु महत्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।
(८)प्राकृतिकरुपमा भुईंचालो जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार