होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ। उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका […]
डा. सुरेन्द्रराज देवकाेटा विचार ससन् २००० मा एडिनवर्ग विश्वविद्यालयका प्रोफेसर डोरोथी क्रर्फोडको पुस्तक ‘अदृश्य शत्रु विषाणुको प्राकृतिक इतिहास (द इनभिजिवल इनेमी – अ नेचुरल हिस्ट्री अफ भाइरस) मा लेख्छन् – मानिस र भाइरसबीच बिरालो र मुसाको बीचको जस्तो खेल भइराखेको छ। हुन पनि पहिला भाइरसले हमला गर्छ, अनि मानिसले यसको उपचारार्थ भाइरसमाथि हमला बोल्छ। प्रोफेसर […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
रामकृष्ण अधिकारी । काठमाडौं १२ बैशाख । सरकारले ४ दिनअघि ल्याएका दुवै विवादितअध्यादेश फिर्ता गर्न वाध्य भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् । ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने […]
विश्वलाई हावाकावा खेलाइरहेको कोरोनाभाइरस महाव्याधिको प्रकोपलाई रोक्ने सबैभन्दा बलियो उपाय के होला ? यो प्रश्नको एउटै जवाफ आउँछ खोप । त्यो खोप कहिले बन्ला भन्ने प्रश्नको उत्तर चाहिँ सजिलो छैन । वैज्ञानिकहरुको मतमा भरपर्दो खोप आउनको लागि १ वर्षदेखि डेढ वर्षसम्मको समय लाग्न सक्छ । कोरोनाको प्रकोपले रन्थनिइरहेकाहरुका लागि त्यो समयावधि आफैंमा एउटा लामो समय […]
१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ । कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका […]
पर्सा, १४ चैत । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान हुँदा एकको ज्यान गएको छ । गोली हानाहान हुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको ज्यान गएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको मुख्य […]
चैत १४ धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह […]
काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीकाे रूपमा लिएकाे कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले काेराेना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको छ अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ […]
नागरिक रैबार चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो। कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
चैत १० काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिएको छ । कतारबाट आएकी नेपालीमा कोरोना देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]
चितवन– कोरोना संक्रमितको उपचार गर्न चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ। भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो। अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ। स्वास्थ्य खबरबाट
एजेन्सी । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको […]
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? – जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो […]
एजेन्सी – कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए । जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने […]
७ चैत, काठमाडौं । केही समयदेखि कोरोनाकै वरिपरि घुमेका पत्रिकाहरू आज पनि यही विषयमा केन्द्रित छन् । ‘आवश्यक परे लकडाउन गर्न मोडालिटी बनाइँदै’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउन समेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलिलत मोडालिटीमा गृहकार्य गरेको समाचारमा उल्लेख छ […]
६ चैत, काठमाडौं । सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्यो । यो प्रतिबन्ध चैत ७ गते शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर […]
नागरिक रैबार चैत ३ बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडीमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई […]
फागुन २८ बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बुढिगंगा नगरपालिकाको कृषि शाखामा भित्र बिद्युत सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् । बिद्युत तार सट […]