होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ । युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत […]
नागरिक समाज हाम्रो देशमा कमजोर नै छ । कुनै पनि लोकतन्त्रमा पाँचवटा इलिमेन्ट हुन्छ । पहिलो, सरकार नै हो । दोस्रो, प्रतिपक्ष भयो । हाम्रो देशमा सरकार पनि, प्रतिपक्ष पनि सक्षम भएन । तेस्रो, अदालत हो । अदालत पनि कहिल्यै पनि निष्पक्ष वा राजनीतिको प्रभावभन्दा बाहिर पुग्न सकेन । चौथो तत्व मिडिया हो । मिडियाले […]
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो । ‘टोली गएको छ, उसले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउनेछ’ […]
२८ साउन, सुनसरी। सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले […]
२८ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएकी छन् । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘भागबन्डा नमिलेर हो कि शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको […]
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको उनले जानकारी दिए […]
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो । प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित […]
मनाङ । बाढीपहिराका कारण मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् । जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत […]
सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको […]
नागरिक रैबार । बाजुरा २७ साउन । मानव अधिकार एलाइन्स बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ६ वटा बुँदामा ध्यानार्कषण गराएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ६ बुँदे माग सहित ध्यान आर्कषण गराएको मानव अधिकार एलाइन्स बाजुराका अध्यक्ष तुलाराम जैशीले बताए । सरकारले भूमिहिन आयोग हालसालै […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो । […]
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, […]
काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
काठमाडौं, २६ साउन । सरकारले साँझ ८ बजेपछि रातभर सवारी साधन चल्न निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आज उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सूचना जारी गरी बेलुका ८ बेजे भित्र सवारी साधानहरु आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेका हुन् । यो निषेधाज्ञा २८ साउनबाट लागू हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुको सुचनामा […]
२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]
राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र […]
नागरिक रैबार । कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
२६ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला मंगलबार पनि जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । ठमेलस्थित एक होटलमा जारी जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको नुवाकोट कांग्रेस जिल्ला […]
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ । प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।