होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा उद्योग बाणिज्य संघले बाजुराका बजारमा कालोबजारी र कृतिम अभाव सृृजना हुन नदिने निर्णय गरेको छ ।शनिबार उद्योग बाणिज्य संघ बाजुराले आफ्नो आपत्कालिन बैठक बोलाएर कोविड (१९–कोरोना भाइरस) बारे व्यापारीहरुलाई सचेतना दिन र विपद्को घडीमा बजारमा कालोबजारी र कृतिम अभाव हुन नदिने निर्णय गरेको हो । विपद्का बेला बजारमा कालोवजारी र […]
नागरिक रैबार/बाजुरा २९ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि हुँदा लाखौंको बढीको क्षती भएको छ । नगरपालिकाका कृषि र स्वास्थ्य शाखामा गएराति विद्युतको तार सट भएर आगलागी भएको थियो । विद्युतको तार सट भएर आगलागि भएपछि उक्त शाखाहरुमा छेति पुगेको नगरपालिकाका नगरप्रमुख दिपक शाहले बताएका छन् । बुधबार साँझ कार्यालय समय बन्द भईसकेपछि लागेको आगलागिबाट […]
उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन्। फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हँुदैछ। हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ। चालू आर्थिक वर्षको छ महिना ९पुस मसान्त० सम्ममा नेपालका वाणिज्य बैंकले ९ दशमलव ६ प्रतिशत कर्जा लगानी गरेका […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । हालसम्म विश्वको ७० भन्दा बढी देशमा देखिएको यो भाइरसले संसारभर महामारीको रूप लिँदै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रूपमा लिएपछि सरकारले सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक […]
काठमाडौं, २३ फागुन : न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन्। उनले आज (शुक्रबार) सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए। उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान […]
बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ […]
नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो । यस अघि केन्द्रले रिठाबजार, फालासेन […]
नागरिक रैबार/बाजुरा १५ फागुन।सहयोगी हातहरुको समूह (सहास) नेपाल बाजुराले अतिविपन्न परिवारलाई लक्षित गरि परम्परागत पेशाको प्रर्वद्धन गर्न आयमुलक औजार सामाग्रीहरु वितरण गरेको छ ।विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सहास नेपाल लिफ्ट परियोजना अन्तरगतका सेवाग्राहीहरुलाई उक्त सामाग्री सहयोग गरेको हो । सहास नेपाल लिफ्ट परियोजनाको ७५ प्रतिशत सहयोग र लाभग्राहीको २५ प्रतिशत सहयोगमा अतिविपन्न […]
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थालेकी छिन्। उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन् । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले छोरीलाई बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छिन्। उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन्। वर्षौं […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई […]
डोटी : ‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाको दिपायलमा प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव आजदेखि सुरु हुँदैछ। डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव हेर्न आउने दर्शक तथा पर्यटकको स्वागतका लागि जिल्लाको दिपायल, पिपल्ला, द्वारीखोला, […]
नागरिक रैबार/ बाजुरा २९ माघ। कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा आलु, कोदो र स्याउपछि अव सिमीको बजारीकरण गर्ने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको कृषि उपजलाई वजारीकरणमा महत्वपुर्ण सहयोग गरिरहेको छ । सोही अनुसार यस अघि कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको अग्रानिक स्याउको वजारीकरण, आलु महोत्सव मार्फत अर्गानिक आलुको बजारीकरण लगायत बाजुरामा उत्पादित […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।मंगलबार बडीमालिका नगरपालिकाको आयोजना र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा नेपाली प्रथम भएका हुन् । प्रतियोगितामा प्रथम भएका नेपालीले ५ हजार पाँच सय नगद सहित प्रमाण पत्र पाएका […]
काठमाडौं- नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ ।अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ लागत […]
मदन विक/बाजुरा २५ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा अाजबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरू भएकाे छ । महाेत्सवकाे एक अाैपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन् । शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ उक्त महाेत्सव अााजबाट […]
नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् । माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री […]
नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ । बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका […]
सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको […]