होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, बुटवलका विकासे […]
काठमाडौं । साउन, भदौ र असोजको औसत बेस रेटका आधारमा कात्तिकमा कर्जाको नयाँ व्याजदर कायम गर्नुपर्ने हुन्छ तर केही बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम विपरीत आफूखुसी असोज महिनामात्रैको बेस रेटका आधारमा व्याजदर घटाउने–बढाउने गरेको पाइएको छ । यसरी नियम विपरीत व्याजदर घटाउने तथा बढाउने केही बैंकहरुको कात्तिकमा घट्नु पर्ने जति कर्जा र निक्षेपको व्याजदर बीचको […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा […]
जाजरकोट। उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० रुपैयाँ पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलव्ध गराउदै […]
काठमाडौं । सरकारले ल्याएको सहुलियत पूर्ण कर्जा कार्यविधि अनुसार नेपाल राष्ट्र बैंकले ब्याज अनुदानमात्रै नौ अर्ब बढी दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न बैंकहरुबाट दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ विभिन्न शीर्षकमा सहुलियत कर्जा स्वीकृत भएको छ । लगानी भएको कर्जाहरूबाट असार मसान्तसम्म नौ अर्ब रुपैयाँभन्दा बढी […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन […]
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ […]
काठमाडौं । भारत सरकारले भन्सार महसुल घटाएपछि घट्ने आकलन गरिएको भटमास, सूर्यमुखी र पाम तेलको निर्यात कात्तिक महिनामा पनि वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मशान्तसम्म ४७ अर्ब ४६ करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल भारत निर्यात भएकामा कात्तिकमा मात्र १० अर्ब ९ करोड ८३ लाखको निर्यात भएको छ । गत असोज २५ गते […]
काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिकामा आइतबारदेखि चीनले दिएको राहतको खाद्यान्न ढुवानी हुने भएको छ । रक्षा मन्त्रालयले आइतबार हेलिकोप्टर पठाउने प्रतिबद्धता जनाएसँगै ढुवानी हुने सम्भावना बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सेनाको हेलिकोप्टर आइतबार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सीधै लिमीमा ढुवानी गर्छौं ।’ गाउँमा खाद्यान्न सकिएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीबाट झन्डै […]
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । बुधबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० थियो सो मूल्य आज घटेर ५२.५० भएको छ । भने, रातो आलु (भारतीय)को औसत […]
चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ […]
काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो । ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै […]
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको हो । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्ममा एक अर्ब ७६ करोड ४४ लाख […]
नेपालमा घरजग्गाको मूल्य वृद्धिदरमा वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक अमिल्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको घरजग्गा मूल्य सर्वेक्षण, २०७८ अनुसार वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक केलाउँदा घरजग्गाको मूल्य वृद्धिदर फरक फरक देखिएको हो । आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ । कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि […]
काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको हो । २२ वैशाख, २०७८मा पनि सरकारले […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
काठमाडौँ- नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश […]
२१ कात्तिक, काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ […]