होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सांसदहरूले सरकारले समयमै विद्यालयमा किताब पुर्याउन नसकेको सरकारको आलोचना गरेका छन्।मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरूले किताब पुर्याउनेजस्तो कुरामा यो वा त्यो बहाना गर्न नमिल्ने बताए।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले नेताहरू दुर्गममा हेलिकप्टर चढेर पुग्न सक्छन् भने पुस्तक किन पुग्दैन भनेर प्रश्न गरे। ‘ठूला नेता हेलिकप्टरमा दुर्गम क्षेत्र […]
काठमाडौं, ७ असार । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट […]
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ आफूलाई […]
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । […]
काठमाडौँ — स्थानीय तह निर्वाचनमा गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ । निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुराको बुढीगंगाबाहेक निर्वाचन सम्पन्न भएका सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ । गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं ‘दुई ढुंगाबीचको तरुल’का रूपमा नै नेपाल रहिरहने […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ […]
टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि […]
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र […]
काठमाडौं, ६ असार । नेकपा एमालेका नेता लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन […]
बाजुरा- नागरिक रैबार/बाजुरा ५ असार । हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डेलाई तोकिएको छ । गाउँपालिमा आज नवनिर्वाचित कार्यपालिकाकाे पहिलाे बैठकबाट हिमाली ४ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई पालिकाको प्रवक्तामा तोकिएका हो । त्यस्तै पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै स्वास्थ, शिक्षा, खानेपानी र विद्युतमा विशेष लगानी गर्ने गाउँपालिकाले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी […]
धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए। खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र […]
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए । ‘यहाँ त […]
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रस्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा आफ्ना कुरा राख्दै थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद्मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भनेर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन्। उनले भने, ‘ यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले […]
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका […]
काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।