होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राम बहादुर दानी/कार्तिक १९ बाजुरा । बाजुरामा नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम वीच पार्टी समायोजन भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको बैठकसंगै काँग्रस र लोकतान्त्रिक फोरम दुवै पार्टी विच समायोजन समेत गरिएको हो ।नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितको अध्यक्षतामा बसेको बैठकले दुइ पार्टी समायोजन गरिएको र आशन्न मंसिर १४ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् । जसअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]
काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले भने १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन् । मंसिर १४ गते प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुरमा एक/एक क्षेत्र निर्वाचन हुँदैछ । उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न […]
रौतहट । सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी […]
काठमाण्डाै । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो । उनलाइ डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल […]
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारम बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा त्रिवेणी नगरपालिका १ छतारामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रस विच कडा प्रतिष्पर्दा हुने देखिएको छ । त्रिवेणी एकको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनराज बुढा र नेपाली काँग्रेसले खगेन्द्र चंदारालाई वडा अध्यक्षमा प्रतिष्पर्दा गराउने भएको छ । नेकपा र नेपाली काँग्रेस […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश […]
काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण […]
१५ कात्तिक, काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा […]
काठमाडौँ– दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग […]
आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८ सय ८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९ सय ९ मतदाता रहेका निर्वाचन […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ । सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागिएको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ । यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको […]
बैतडी- आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए । वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय […]
पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु […]
उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता […]
काठमाडौं । पहिलो पृष्ठमा तिहारको झल्काउने तस्वीर छापेका आजका अखबारहरूले फरक–फरक विषयलाई समाचारको रूप दिएका छन् । कुनैले कांग्रेस सभापतिको विभाग थप गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् भने केहीले कूटनीति, रौतहट बम विस्फोटमाथि भइरहेको अनुसन्धानलगायत विषय उठाएका छन् । नागरिकले सत्यनिरूपण र बेपत्ता छानबिन आयोगले नेतृत्व नपाउँदा द्वन्द्वकालीन मुद्दा अलपत्र परेको लेखेको छ । […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]