होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको रणनीतिक बैठक, बादल पनि सहभागी
समाचार

झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको रणनीतिक बैठक, बादल पनि सहभागी

  • नागरिक रैबार
झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको रणनीतिक बैठक, बादल पनि सहभागी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री आलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच यतिबेला ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आन्तरिक बैठक जारी छ ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल)बीच छलफल जारी छ । छलफलमा प्रचण्ड र नेपाल समूहका अधिकांश स्थायी समिति सदस्य पनि सहभगी छन् ।

विज्ञापन

पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक देखिएका गृहमन्त्री थापालाई आफ्नो कित्तामा ल्याउने प्रयास स्वरुप बैठकमा बोलाइएको स्रोतको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार