होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ […]
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज विहान ११ बजेदेखि काठमाडौंको बसुन्धारास्थित केन्द्रीय कार्यालयका बैठक सुरु भएको हो । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्ने बारेमा निर्णय गर्ने छ । रास्वपाले आफूहरु सरकारमा सहभागी हुन न्यूनतम साझा कार्यक्रममा आफ्ना मागहरु […]
काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रालय खोज्नु स्वभविक भएको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको बताए । ‘मैले हिजो गरेको कुरा अनुसार उहाँ (रवि) ले सरकारलाई दिएको समर्थन […]
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । यसैबीच रास्वपालाई सरकारमा […]
काठमाडौँ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिएर प्रतिनिधि सभा सञ्चालन भएको झन्डै ५ महिना बितिसकेको छ । खास गरी कानुन निर्माण गर्ने अधिवेशनको रूपमा रहेको संसद्को यो हिउँदे अधिवेशनमा २ पटक प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु सिवाय खासै उपलब्धि भएन । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपश्चात् पुस ७ […]
काठमाडौं । नेपाली कांग्रेसमा केन्द्र र प्रदेशको मन्त्रीका लागि तीब्र दौडधुप चलिरहेको छ । सांसदहरु मन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई रिझाउन केन्द्रित छन् । वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धन सरकार निर्माण र विस्तारको तयारीमा जुटेपछि कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सांसदले मन्त्रीका लागि आन्तरिक लबिङ तीब्र पारेको नेताहरु बताउँछन् । केन्द्रमा कांग्रेस, […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका छन् । उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा […]
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् । उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ […]
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। […]
लुम्बिनीमा सत्तारुढ गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्वका लागि सहमति भएको छ । सोही अनुसार पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने बताइएको छ । प्रदेश प्रमुखले अमिक शेरचनले नयाँ सरकार गठनका लागि दिएको समयभित्र सत्ता गठबन्धनमा आवद्ध ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव […]
काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो […]
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् । बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए । ‘कोशी नामकरणमा विरोृध राख्ने […]
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा […]
काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ । चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त […]
बारा । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले […]
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ […]
चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । […]