होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो। प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।
काठमाडौँ — इजलास स्थगित भएन र ‘हेर्न नभ्याउने’ भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन्, किनभने उनले आफैंमाथि पनि ‘कारण देखाऊ आदेश’ जारी गर्नुपर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा । […]
धनगढीः प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्। तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो। प्रतिनिधिसभा विघटनपछि […]
धनगढीः धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका […]
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता […]
२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन […]
२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ । वडा कार्यालयको कामकाजसँगै केही दिनयता नियमितजसो भइरहने पार्टीका कार्यक्रममा समेत उपस्थित हुनुपर्ने भएका कारण उनलाई गाह्रो भएको हो । उनलाई एकातिर सेवाग्राहीको कामको चाप, अर्कोतिर कार्यक्रममा नजाँदा फरक समूहको आरोप लाग्ने डर छ । ‘वडाध्यक्ष भनेको त कर्मचारी जस्तै हो, एक दिन कार्यालय […]
पोखरामा दाहाल-नेपाल समूह निकट जनवर्गिय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले २०१७ सालको संसद् विघटन ब्युताउन ७० बर्ष लागेको, २०६० सालमा विघटन भएको संसद् पुनःस्थापना गर्न ३ वर्ष लागेको उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थमा विघटन गरेको संसद् ब्युताउन तीन महिना पनि नलाग्ने बताएका हुन् । ‘संसद् जुन हालतमा पनि ब्युतिन्छ,’ उनले […]
काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । ‘संसद पुनःस्थापनाले अहिलेको […]
काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो । यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ […]
काठमाडौँ– नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टीमा देखिएको समस्या प्रधानमन्त्री कारण सिर्जना भएको बताएका छन् । प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा अहिलेको अबस्थामा आएको उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकमा विषय समय लिएर बोल्दै नेता गौतमले भने, ‘पार्टीको सचिवालयको सदस्यको नाताले मैले नेताको कार्यशैलीका विषयमा धेरै विषय उठाए । कार्यशैली सुधार गर्न मैले […]
राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही […]
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्रीले संविधानअनुसार संसद विघटन गर्न नसक्ने बताएका छन् । बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले लामो समय लगाएर देश र विदेशका विज्ञसँग समेत परामर्श गरेर प्रधानमन्त्रीले आफ्नो सनकमा संसद भंग नगरोस भनेर संविधानको धारा ७६ र १०० मा जानेसम्मको भाषा लेखेको उल्लेख गरे । उनले भने– ‘संविधान बनाउँदा १५ सदस्यीय […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम […]
काठमाडौं -: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `। पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो `। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग […]
२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान […]
धनगढीः नेकपाको ओली समूहले पुस २४ गते धनगढीमा जनसभाको आयोजना गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रतिनिधि सभा भंग गराएपछि उत्पन्न राजनीतिक संकटपछि उनको आफ्नै समूहले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आउन लागेका हुन्। यसैबीच धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ। हुन सक्ने सम्भावित जोखिम तथा […]
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुने […]
काठमाडौं । राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न गरेका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पार्टी दुई खेमामा रहेपनि आफू कुनै समूहमा नरहेको उल्लेख गरे । नेता गौतमले नेकपा राजनीतिक रुपमा दुई खेमा भएपनि कानुनी रुपमा के हुन्छ भन्न नसकिने उल्लेख […]