होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् ।एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ । सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको […]
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी भइरहेको छ । जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरिरहेका छन् । जसपाका एक नेताका अनुसार काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना गरी तीनजनाको आजै वा भोलीसम्म सपथ […]
काठमाडौँ- एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा पुर्याउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ६ बुँदे अपीलपछि माधवकुमार नेपाल समूहभित्र मतभेद देखिएको छ ।ओलीको ६ बुँदे अपीललाई कतिपय नेताले पार्टी एकताका लागि सकारात्मक रहेको बताएका छन् भने कतिपय नेताहरूले अझै पनि ओली छलछामबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् । पार्टी एकता जोगाउन क्रियाशिल रहेकामध्येका […]
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् । उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत न्यायालय नझुकेको स्मरण गर्दै अहिलेको परिस्थितिमा करिब करिब ध्वस्त भएको संविधान न्यायालयले बचाउनुपर्ने बताए । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे […]
धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार […]
२३ जेठ, धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ । घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीले […]
२३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण पेश गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण […]
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको काममा सक्रिय हुने बताएका छन् । करिब साढे तीन वर्ष सरकारमा रहेका पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् । अब फेरि पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउँदै यस विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसित कुराहरू भइरहेको बताएका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, साथीहरू सबैलाई […]
काठमाडौं, जेठ २३ । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् । सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति […]
२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको खबर आइरहेका छन्। उनले आफूसँग रहेका मौज्दात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेका छन्। आफूसँग थप ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको स्रोतले बताएको छ।जसअन्तरगत सुदूरपश्चिमबाट ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको […]
२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु […]
काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने भएको बताएका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि शुक्रबार महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानकारी लागि सरकारमा […]
काठमाडौं । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा […]
काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेको आरोप लगाएका छन् । शनिबार आफूनिकट जिल्ला पदाधिकारीसँग भर्चुअल छलफल बोल्दै उनले ओली सरकारमा सहभागी भएका मधेसी नेताहरुमाथि उक्त आरोप लगाएा हुन् । उनले भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा […]
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुर्नगठन गरेको मन्त्रिमण्डलमा मधेशवादी नेताहरुको बाहुल्य छ । मन्त्रिमण्डलमा अधिकांश तराई/मधेशबाट निर्वाचित भएकाहरुको बाहुल्यता छ । २ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, भौतिक भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङ्ग, कानुनमन्त्री लीलानाथ श्रेष्ठ […]
२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]
काठमाडाैं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहमा दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा […]