होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भारतको नांगो दलालहरुको सरकारमा हालीमुहाली : माधव नेपाल
Breaking News

भारतको नांगो दलालहरुको सरकारमा हालीमुहाली : माधव नेपाल

  • नागरिक रैबार
भारतको नांगो दलालहरुको सरकारमा हालीमुहाली : माधव नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेको आरोप लगाएका छन् ।

शनिबार आफूनिकट जिल्ला पदाधिकारीसँग भर्चुअल छलफल बोल्दै उनले ओली सरकारमा सहभागी भएका मधेसी नेताहरुमाथि उक्त आरोप लगाएा हुन् ।

उनले भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

विज्ञापन

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली र भारतसँगको साँठगाँठ पनि प्रष्टै रुपमा यसैबाट बुझिएको पनि उनले बताएका छन् । उनका अनुसार ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् ।

अब, आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्ने पनि उनले बताए । उनले भने, ‘हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।’

भर्चुअल सम्बोधनका क्रममा नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ पनि नेता नेपालले आफ्नो भनाइ राखेका छन् । उनले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’

साथै, कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गरेका छन् ।

शुक्रबार मधेसी नेताहरुलाई सरकारमा सहभागी गराएर विस्तार गरिएको मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिलेको पनि नेपालको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार