होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी सम्हालेको दस दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्ने बेला स्वास्थ्यमन्त्री नै छैनन् । अर्कातर्फ पाइलैपिच्छे सहयोग लिनुपर्ने निजी सचिवालयसमेत रित्तै छ । देउवालाई गठबन्धन दलहरूबीच समझदारी जुटाएर मन्त्रालय भागबन्डा गर्न सकस परिरहेको छ तर निजी सचिवालय बनाउन उनलाई केले छेकिरहेको छ […]
७ साउन, काठमाडौं । सरकार परिवर्तन भएसँगै निजी क्षेत्रको सक्रियता बढेको छ । हरेक दिनजसो निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेट्दै आफ्ना माग राखिरहेका छन् । निजी क्षेत्रले नयाँ सरकारसँग अनिवार्य खोपको माग गरिरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ३१ असारमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्यो । […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् । सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा […]
६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले […]
६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्विप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिए पनि पत्र व्यहोरा भने अर्कै रहेको एमाले […]
६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ । युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम […]
६ साउन, धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा […]
धनगढी :सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनेबारे छलफल केन्द्रित भएको छ। केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु भएको हो। माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशमा विश्वासतको मत लिदा तटस्थ बसेको नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा माओवादी, एमालेको माधव समूह र जसपालाई मिलाएर सरकार बनाउने कसरत सुरु गरेको हो। काँग्रेस संसदीय दलका नेता […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्रीहरु केहि दिनदेखि काठमाडौंमा छन्। सरकार फेरवदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो। मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका […]
काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते […]
साउन ६ धनगढीः नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन्। ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो। संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको […]
सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ । बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने […]
नागरिक रैबार ६ साउन बाजुरा। बाजुरा जिल्ला हिमाली गाउँ पालिका वडा नं ०७ बाँधु माथिल्लो गाउँमा टोल कार्यसमिति गठन भएको छ ।नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको छ । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहनेगरी काङ्ग्रेसको बिधान अनुसार […]
काठमाडौं, साउन ६ । नियुक्ति पाएको स्रोतको अस्तित्व नै समाप्त भएपछि संवैधानिक अंगका पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने कानुनविद्हरूले बताएका छन् । सो नभए संसद्ले नै विशेष कानुन निर्माण गरेर उनीहरुको बहिर्गमन गराउनुपर्ने कानुनविद्हरुको सुझाव छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधिसभा विघटन गरेलगत्तै संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक […]
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए। एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० […]
६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै कोटेश्वर पुगे । नेता नेपालसँग झण्डै एक घण्टा कुराकानी गरेर प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतिर लागे । प्रचण्ड निस्किएको केहीबेरमै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने नेता नेपालको निवास पुगे र लामै […]
धनगढी : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै छ। कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते […]
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो । नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको […]
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र […]