होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् । ‘मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउछु’, […]
धनगढी : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट धारणा राख्दै दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे। ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले […]
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् । अघिल्लो सरकारले झापाको […]
काठमाडौँ — एमाले दोस्रो र तेस्रो तहका नेताहरूले एकताको प्रयास गरिरहे पनि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पर्खेर नबस्ने रणनीति तय गरेका छन् । खनाल–नेपाल समूह अनिर्णयको बन्दी भएपछि एमालेले सांगठनिक संरचनालाई पूर्णता दिँदै महाधिवेशनसम्मको कार्ययोजना अघि बढाएको छ । एमालेले आगामी मंसिर ४ र ५ मा दसौं महाधिवेशन गर्ने […]
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् लुम्बिनी […]
स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् । मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत […]
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित […]
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण […]
नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए । बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए […]
बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र […]
काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्दर गर, जयसिंह महराको मृत्यु होइन, हत्या […]
कर्णालीका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् ।
नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो । ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो । ओली समूहको […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। जेठ १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारवाहीमा परेपछि सांसद पदमुक्त भएका थिए। तर, संविधान विपरित मन्त्रिमण्डल पुनर्गठन […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन […]
काठमाडौं, १८ साउन । नेकपा (एमाले) को एकताको लागि दोस्रो पुस्ताका नेताहरुको सक्रियता बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एकताको लागि धेरै समय पर्खने नसक्ने बताएका छन् । उनले हिजो नेताहरुको विशेष आग्रहका कारण स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्नेगरि स्थगित् गरेका थिए । तर, आजको बैठक भने कुनैपनि हालतमा […]
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । तर, दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मेहम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । […]
न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव […]
नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो । उक्त रिट निवेदनमाथि यसअघि दुई […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए ।शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई […]