होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० […]
कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरुले बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्। समग्र प्रदेशमा एमालेको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ […]
विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, […]
काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका […]
डोटी: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन […]
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका […]
काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो । संसद्को सबैभन्दा ठूलो दल […]
भदाै १६ वागमती । यो मञ्चमा रारिखएको पुस्तकको तस्विर हो । नेपालको राजनीतिक पार्टीहरुको भेला, बैठकमा यस्तो दृश्य सायदै देखिएको होला । अक्सर राजनीतिक पार्टीहरुका बैठक या सभामा नेताहरु बस्ने विशेष प्रकारको मञ्ज बनाइको हुन्छ । त्यस्ता मञ्चहरु सक्दो सिंगारिका हुन्छन् । मानौ त्यो महाराज बस्ने सिंहासन हो । पार्टीका कार्यकर्ताहरु रैती हुन । तिनीहरु […]
‘बा’को आँगनले चर्को सन्देश दियो– दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज, दिएको खाऊ र अरनखटनमा बस समाजवाद भनेर नथाक्ने, जेलाई पनि समाजवादसँग गाँसेर विश्लेषण गरेको भान पार्न सक्ने ओलीसँग असहमत भनिएको दोस्रो पुस्ताले ओलीकै आँगनमा सहमति गरे । ओली समाजवादी भएर सहमति भयो कि बेजोड सैद्धान्तिक भनिएको दोस्रो पुस्ता ओलीकरण भयो, भविष्यमा खुल्नुपर्ने केही छैन […]
माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’ मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक […]
नागरिक रैबार/बाजुरा १५ भदौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका कविजंग शाही मनाेनित भएका छन् । मंगलबार सम्पन्न वाईसीएलकाे राष्ट्रिय भेलाबाट बाजुराका शाही केन्द्रीय सदस्यमा मनाेनित भएका हुन् । स्वामिकार्तिक खापर गाउँपालिकाकाे साविककाे जुकाेटमा जन्मेका शाही पूर्व बाल संघठनको सचिव, बिधार्थी संगठनको केन्द्रीय सचिवालय सदस्य भई राजनीतिमा […]
काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो । नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका १८ जनामध्ये १३ जनाले नेकपा एस रोजेका छन् । जसमध्ये प्रदेशमा मन्त्री भएकाहरु पनि छन् । नेकपा एमालेमा २५ सांसद रहेकोमा […]
धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन्। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जना नेपालले खोलेको नयाँ पार्टी […]
सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् । आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका […]
काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भएपछि नेकपा एमालेका १२ […]
काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन् १२ सांसद ? राजेन्द्र पाण्डे राजेन्द्रमान श्रेष्ठ लक्ष्मण लम्साल बसुन्धरा हुमागाईं रमा आले मगर बसन्त […]
धनगढी : नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी […]
धनगढी : सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नेकपा एमाले नछाड्ने बताएका छन्। प्रदेश सभाका कतिपय सांसदले आजै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहदा पूर्वमन्त्री सुवेदीले एमाले नछाड्ने बताएका हुन्। ‘म विगतमा पनि एमाले थिए, आज पनि एमाले छु र भोलि पनि एमाले नै रहनेछु,’ उनले भने। उनले विगतमा केपी शर्मा ओलीविरुद्ध आफूहरु […]
अछाम । अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन ।सोमबार अछाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र शाहीको नेतुत्वमा कांग्रेस र माओवादी केन्द्रका ५० भन्दा बढी कांग्रेसका युवाहरु प्रवेश गरेका एमाले अछाम जिल्ला सचिव डिवी साउदले बताए । अछाम तुर्माखाद गाउपालिका संगठन कमिटी वडा नम्बर २ भुलु द्वारा […]