होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ। […]
काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन्।पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए। तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए। ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा ल्याइएको भए धेरै राम्रो हुन्थ्यो। नाराबाजीको बीचमा […]
काठमाडौं । नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् । शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् । सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । […]
काठमाडौँः नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन्। ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको। संसद्को मर्यादा छ नि। विरोध भइरहेको छ। हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् । त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]
काठमाडौं: सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन्। एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन्। सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन्। प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसीसीबारे छलफल भएको […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन […]
धनगढीः डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताको छ। सबै वडाको विवरण भने आएको छैन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ। नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी […]
सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको छ । यही अवस्थामा आज पनि संसद बैठक बस्दैछ । तर, आजको बैठक पनि प्रतिपक्षले सुचारु हुन दिने छाँटकाँट देखिएको छैन । भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ […]
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन्। उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष फतिमा […]
दयामराम पण्डित।यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि कांग्रेसले […]
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन्।वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन्। पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरे।यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने […]
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा हुनेछ । बुधबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]
नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् । एमालेमाथि […]
रुपन्देही। नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभई पार्टीले काँचुली फेरेको बताएका छन्। बुधवार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले एमाले विभाजन नभएर केही लोभीपापी बाहिरिएर पार्टीले काँचुली फेरेको बताएका हुन्। ‘केही अवसर खोज्ने साथीहरू चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन,’ उनले भने। पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभई लोभ […]
धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको प्रवेश राजनीतिमा भएको छ। उमेरले २६ वर्ष पुगेका उनको नाम क्रियाशील सदस्य सूचीमा अटाएको छ। बुवाकै जन्मस्थान गन्यापुरा गाउँपालिका–वडा नम्बर १ असिग्रामबाट जयविरको क्रियाशील सदस्यता रहेको छ। उक्त वडा प्रदेश सभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको […]