होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ५३५ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार

सुदूरपश्चिमका ५३५ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन

  • नागरिक रैबार
सुदूरपश्चिमका ५३५ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन

धनगढी : कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ।

निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ। ‘४८ मध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘अजयमेरु गाउँपालिका वडा नम्बर ३, अमरगढी नगरपालिका वडा नम्बर ८ र नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा वडा अधिवेशन हुन बाँकी छ। गन्यापधुरा २ मा सभापति चयन गरिएको छ। बाँकी आज हुन्छ।’ डडेल्धुरामा जिल्ला सभापति कर्ण मल्लको समूहले बहिष्कार गरे पनि अधिवेशन गरिएको हो।

यस्तै कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र बझाङका ९४ वडामा अधिवेशन सकिएको कांग्रेसले जनाएको छ। कैलाली र बाजुरामा भने अधिवेशन अनिश्चित बनेको छ। कैलालीमा निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा विवाद रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए। ‘विवाद समाधानका लागि केन्द्रमा छलफल भइरहेको छ, तर अहिलेसम्म टुंगो लागेको छैन,’ उपसभापति बमले भने। बाजुरामा पनि केन्द्रबाट क्रियाशिल सदस्य थपेको भन्दै विवाद रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार