होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् ।मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् । एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा […]
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् । बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस […]
काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो । बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, […]
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश २ को कार्यालय तथा धनुषा जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको टिप्पणी गरे । उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको पनि उनको आरोप छ । पूर्वप्रधानमन्त्री […]
धनगढी : कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा गरिएको छ। जिल्लाको अत्तरियास्थित पूर्वरोडमा रहेको प्रतिभा पुस्तकालयमा ढुङ्गामुढा गरिएको हो। प्रतिभा पुस्तकालयमा कैलाली क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका लागि भएको मतदानको गणना भइरहेको थियो। मतगणनाको विवाद भएपछि पुस्तकालयको झ्यालमा ढुङ्गा प्रहार गरिएको हो। ढुङ्गा प्रहारबाट झ्यालका सिसा फुटेका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका […]
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका […]
धनगढी । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ । उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब उनी जिल्ला […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए । ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई […]
सुर्खेत । नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ । विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ । विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले […]
धनगढी : ०७१ सालमा भएको नवौं महाधिवेशनमा भीम रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भए। चितवनमा हुने दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलले घोषणा गरिसकेका छन्। उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका छन्। तर रावललाई दशौं महाधिवेशनमा साख बचाउन चुनौती छ। सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी […]
सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ […]
सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूचि छ । […]
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो । बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । […]
एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । उपाध्यक्ष […]
काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार बनाउन सकस चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफ्नो टिम घोषणाको गृहकार्यमा छन् । आफ्नो समूहका नेताहरूले टिम घोषणाको प्राधिकार देउवालाई दिइसकेका छन् । तर, उनलाई पदाधिकारी आकांक्षी मिलाउन चुनौती छ । प्रधानमन्त्रीमा रहेर प्रतिस्पर्धामा उत्रँदा देउवाले धेरै खालका दबाब र जोखिम महसुस गरिरहेको उनीनिकट […]
काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा महाधिवेशनमा लगातार केन्द्रीय […]
काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका […]