होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
मदन विक/बाजुरा १८ असोज । बाजुराका एक युवकको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् । भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित नाथ चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिसाबाट आएको ट्रकले नाथसहितलाई ठक्कर दिदा उनको घटना स्थलमै […]
रुपन्देही जिल्ला शैनामैना नगरपालिका–६ मायापथ सुन्दरवस्तीकी सिता मरासिनी बाजुराबाट विगत ८ दिनदेखि बेपत्ता भएकी छन्। करीब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीका अनुसार विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। […]
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका […]
राजेन्द्र विक। बर्षा सुरु भएदेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड करिब ३ महिनादेखि सञ्चालनमा आउन सकेको छैन। ४२ किलोमिटर लामो यो सडक ठाउँ–ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको हो। सडक बन्द भएपछि जिल्लाको पूर्वोत्तरी क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प छन्। यसले हुम्ला, मुगु, कालिकोटसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका चार पालिकाका स्थानीयलाई आवतजावतमा […]
नागरिक रैबार-बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् । उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे। आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति […]
नागरिक रैबार/बाजुरा ६ भदौ। सदरमुकाम मार्तडीस्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले मालिका मन्दिर र बजार एरिया सरसफाई गरेका छन् । क्रियटर जोन एकेडेमीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले शुक्रवासरीय कार्यक्रम अन्तरगत मालिका मन्दिर र बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । वर्षायामको समयमा फोहरका कारण विभिन्न रोगहरु फैलिन सक्ने भन्दै बजारभित्र थुप्रिएको फोहर र मालिका मन्दिर […]
काठमाडौँ। गृह मन्त्रालयले बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो। जस अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे गृह मन्त्रालयमा सरूवा भएकाे छ । भने, उनकाे […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गाउँपालिका–१ बर्कुका ३८ वर्षीय पदम बुढा रहेका छन्। गाउँपालिका–३ जुकुका लोकेन्द्र रोकाया गम्भीर घाइते भएका छन्। घाइतेको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका […]
नागरिक रैबार/बाजुरा २८ साउन। उपचारका क्रममा नेपाली सेनाका हवल्दार कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–७ स्थायी घर भएका ३८ वर्षीय जोशीको उपचारकाे क्रममा काठमाण्डाैंको शिक्षण अस्पतालमा मृत्यु भएको हो । नेपाली सेनामा २० वर्षदेखि सेवा गरिरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि ९ दिनदेखि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारारत रहेका थिए । मृतक हवल्दार जोशी […]
बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकाले स्थापना भएको सात वर्षपछि पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देबराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएपछि गाउँपालिकाले स्थायी हाकिम पाएको हो। यसअघि छोटो अवधिका लागि अधिकृत आए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा गाउँपालिकाले निमित्तको भरमा काम गर्नुपरेको थियो। स्वास्थ्य संयोजक पारस बहादुर शाहीसहित […]
अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै छ । हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस वर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइँदै […]
नागरिक रैबार/बाजुरा २४ साउन । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका खिमराज उपाध्याय सम्पर्कमा आएका छन् । बडीमालिका नगरपालिका ९ उखाडी स्थायी घर भएका ५५ वर्षका उपाध्याय हिजो शुक्रबार दिउसो चरिदह भन्ने स्थानबाट हराएका थिए । निरन्तरको खोजी पश्चात बुढीनन्दाकै पाटनको भेडीगोठमा सकुसल भेटिएको उनका छोरा हिमालराज उपाध्यायले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ स्थित बिस्नापानी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएका तीर्थयात्रीको शव निकालिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझाको शव शुक्रबार साँझ उद्धार गरिएको हो। साउन २२ गते राति बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाँदै गरेका ओझा अचानक बाटोबाट करिब ७०० मिटर तल बिस्नापानी […]
नागरिक रैबार/बाजुरा २४ साउन। प्रशिद्व धार्मिक स्थल बुढीनन्दा माताको दर्शन गर्न गएका एक जना सम्पर्क विहिन भएका छन् । सम्पर्क विहिन हुनेमा बडीमालिका नगरपालिका ९ उखाडी निवासी ५५ वर्षका खिमराज उपाध्याय रहेका छन् । बुढीनन्दा माताको दर्शन गरेर फर्किने क्रममा चरिदह भन्ने स्थानबाट सम्पर्क विहिन भएको उनका छोरा हिमालराज उपाध्यालय जानकारी दिएका छन् । उनका […]
बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा […]