होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुुरा १५ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा ११ पुस ।मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ । बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि मृत्यु भएको हो । पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ […]
नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराको बुढीनन्दा नगरपालिकाका सवै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन हुने साझेदारी हस्ताक्षर गरिएको छ । बुधबार नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहरा र स्मार्ट हेल्थ कार्यक्रमका सिनियर प्रवन्धक दिपिका खत्री विच साझेदारी गर्नका लागि पत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाका स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन गर्नका लागि संस्था र […]
नागरिक रैबार/बाजुरा ९ पुस। सोमबार रातिदेखि बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जिल्लाकाे पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका उच्च लेकाली भेगमा हिमपात भएको हाे। वर्षासंगै बादल लागेपछि सदरमुकाम मार्तडीमा जाडो बढेको छ । भने करिव २ सातापछि वर्षा भएपछि […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बुढीगंगा नगरपालिका-४ मा अवस्थित बानेगाउँमा लिफ्ट सिंचाई योजनाको समुद्धघाटन् गरिएको छ । सोमबार बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बानेगाउँमा निर्माण गरिएको लिफ्ट सिंचाई योजनाको एक औपचारिक कार्यक्रमका विच उद्धघाटन् गरेका हुन् । कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा RERAS कार्यक्रमको ९० प्रतिशत र बुढीगंगा नगरपालिकाको १० प्रतिशत लगानीमा बार्जुगाड लघु […]
नागरिक रैबार/बाजुरा ८ पुस। शनिवार विहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्वर- ५ गोत्री केन्द्र विन्दु भएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिने भएको छ । सोमबार धनगढीमा बसेको प्रदेश स्तरीय राजनीतिक संयन्त्रको प्रथम बैठकले गोत्रीका भूकम्पबाट प्रभावित परिवारहरुका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ८ अन्तरगत हिलटप होटल देखि डिआर मष्ट, पाल्त बसपार्क, वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामंच सम्मको मार्तडी […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा भोरजराज उपाध्याय निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न भएको वडा कमिटीको तेस्रो वडा अधिवेशनबाट पाध्याय निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि दोस्रो अधिवेशनबाट उपाध्यक्ष बनेका उपाध्याय तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा धनसरा विष्ट, […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको तेसा्रो वडा अधिवेशन सूरु भएको छ । नेकपा एमाले नम्वर वडा कमिटीको कार्यवाहक वडा अध्यक्ष भोजराज पाध्यायको अध्यक्षतामा तेस्रो वडा अधिवेशन सूरु गरिएको हो । वडा कमिटीको तेस्रो वडा अधिवेशनलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्धघाटन् गरेका छन् । […]
नागरिक रैबार। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले डरले घर बाहिर निस्किदै त्रसित भएका छन् । पुनः भूकम्प […]
नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ । सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ५ पुस। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले राष्ट्रिय प्रशारण लाइन अन्तरगतको विद्युत सेवा उपभोग गरिरहेका र लामो समय देखि विजुलीको विल नतिरेका सेवा ग्राहीहरुको लाइन काट्ने भएको छ । बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै समयमै विद्युत महशुल भुक्तानी नगर्ने सेवाग्राहीहरुको लाइन काटने चेतावनी दिएको हो । बाजुरा वितरण केन्द्रले जारी […]
नागरिक रैबार/बाजुरा ४ पुस । बाजुराको गौमुल गाउँपालिका वडा नम्वर २ मल्लोदुगनमा निर्माण गरिएका २ वटा झोलुङगे पुलको एकसाथ उद्धघा गरिएको छ । कादुरी एग्रीकल्चर एण्ड एसोसिएशन वृटिस गोर्खाज नेपालको लगानीमा निर्माण गरिएका बुढीगंगा खोला (दोगाडे) र नाउलीगाड झोलुङ्गे पुलकोे उद्धघाट्न गरिएको हो । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि १ र २ नम्वर वडामा […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
बाजुरा। बाजुराको बुढीगंगा नगरपालिमा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मङ्सिर २८ गतेदेखि आयोजित प्रतियोगितामा १९ स्वर्ण, २ रजत र ३ कांस्य सहित भानेदय विजेता भएको छ । त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कांस्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ […]
नागरिक रैबार/बाजुरा १ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बाजुरामा पुगेर फर्किएका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, बझाङ र डाेटीमा आयाेजना हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन् सांसद पराजुली साेमबार बाजुरा पुगेका थिए । काठमाडौ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद तथा रास्वपाका केन्द्रिय नेता समेत रहेका पराजुली पहिलाेपटक बाजुरा आएका […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
बाजुरा ३०मंसिर । भारतको मुम्बई बाट बडीमालिका नगरपालिका वडा नम्बर ६ कि एक महिला ३ बर्षिया छोरी साथमा लिएर परपुरुष संग फरार भएकी छन् । बडिमालिका ६ कोर्धका रमेश मिजारकी अन्दाजी २४ बर्षिया श्रीमती सरिता मिजार र सोही ठाउँका अन्दाजी २५ बर्षिया विक्रम चदारा भारतको मुम्बई बाट फरार भएका स्थानिय अलिस जङ मिजारले बताए। घरमा […]