होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा ब्लड बैंक स्थापनाका लागि तत्काल पहल गरिने
Breaking News

बाजुरामा ब्लड बैंक स्थापनाका लागि तत्काल पहल गरिने

  • नागरिक रैबार
बाजुरामा ब्लड बैंक स्थापनाका लागि तत्काल पहल गरिने

नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरामा तत्काल ब्लड बैंक स्थापनाका लागि पहल गर्ने निर्णय गरिएको छ ।  सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकायहरुसंग गरिएको छलफलमा यस्तो निर्णय गरिएको छ ।

ब्लड बैंक स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबीच २०८१ पुस २१ गते सम्झौता भएको थियो ।

जिल्लाका सरोकारवाला निकायसंग गरिएको छलफलमा छिट्टै ब्लड बैंक स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

विज्ञापन

ब्लड बैंक स्थापनाका लागि आवश्यकपर्ने रेफ्रिजेरेटर (फ्रिज) मर्मत गरी चालु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

ब्लड बैंक स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यकपर्ने सामाग्री र कर्मचारीहरु जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी बाजुराले एक आपसमा समन्वय गरी व्यवस्था मिलाउने जिम्मेवारी दिईएको छ ।

बैठकमा बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्का, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली, नेपाली काँग्रेस उपसभापति पदम बडुवाल, माओवादीका चन्द्र थापा लगायत सुरक्षा निकायका प्रमुखको सहभागीता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा नेपाल रेडक्रस सोसाईटीका सभापति मेखराज जोशी, जिल्ला अस्पतालका प्रमुख चन्द्र शेखर यादव, पत्रकार महासंघका उपाध्यक्ष रमित विक, पत्रकार प्रकाश सिंह लगायत सम्बन्धित पक्षको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार