होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मगलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाकाे बुढीनन्दा नगरपालिका- ७ स्थित कारकेलामा निर्माण गरिएको नेपाल टेलिकमकाे टावर अज्ञात समूहले ताेडफाेड गरेकाे पाईएकाे छ । साविकको पाण्डुसैन गाविसका नागरिकलाई टेलिफोनकाे सहज पहुँचमा ल्याउने गरि निर्माण गरिएको नेपाल टेलिकमको टावर आईतबार राति अज्ञात समुहले तोडफोड गरेकाे नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन् । आइतबार राति बुढीनन्दा नगरपालिका-७ कारकेलाको ढाडनौलामा […]
बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले जनाएको […]
नागरिक रैबार/बाजुरा २१ माघ। १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढिनन्दा नगरपालिकाले जितेकाे छ । जिल्लाका अन्य ८ पालिकालाई पराजित गर्दै बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि जितेकाे हाे । माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त १४ […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
राजेन्द्र बहादुर रोकाया/काेल्टी १३ माघ। ईलाका प्रहरी कार्यालय कोल्टीले शनिवार दिउसाे ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बुढीनन्दा नगरपालिकाको १ र २ नम्बर वडाका बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो । लुकाइछिपाइ बिक्रि गरिरहेको उक्त मदिरा बरामद गरिएको ईलाका प्रहरी […]
नागरिक रैबार/बाजुरा १२ माघ। जिल्ला समन्वय समिति बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा मार्तडी–कोल्टी सडक खण्डमा बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडकको तत्काल स्तरोन्नति गरेर पहिलोपटक बस सेवा संचालन गर्ने तयारी गरिएको हो । शुक्रबार जिल्ला समन्वय समिति बाजुरामा […]
नागरिक रैबार/बाजुरा २५ पुस। बुढीनन्दा नगरपालिकाको लामो प्रयास पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ । गेटा आँखा अस्पताल धनगढी कैलाली र बुढीनन्दा नगर पालिकाको सहकार्यमा आज बाट आँखा उपचार केन्द्र सुचारु भएको हो। यसबाट बुढीनन्दा नगरपालिका लगायत छिमेकी पालिका हिमाली,जगन्नाथ ,स्वामिकार्तिक सङै छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका जनताले समेत सेवा […]
राजेन्द्र बहादुर रोकाया । चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् । समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ । समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् । जिल्लको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज […]
राजेन्द्र बहादुर राेकाया/ बाजुरा ९ पुस। बाजुराका प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही हलियाका समस्या बुझ्न हलिया बस्तिमा पुग्नुभएको छ । बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा रहेका हलियाको समस्या बुझ्न प्रतिनिधि सभा सदस्य शाही आज उक्त बस्तिमा पुग्नुभएको हो । साँसद शाहीलाई पिपलडालीका हलियाहरुले एक छाक टार्न समेत समस्या भएको समयमा बस्ति माथिबाट आउने पहिरोले पुरै बस्ति […]
राजेन्द्र रोकाया। जिल्लाको बुढीनन्दा नगरपालिका संग स्थानीय खाध्य अधिकार संजालले पालिका भित्रका किसान सुचिकरणका बिषयमा छलफल गरेको छ । नगरभित्र रहेका खास किसान पहिचान गर्ने उद्देश्य सहित पालिकाका कृर्षकको सुचिकरणका बिषयमा छलफल भएको संजालका अध्यक्ष महेश कार्कीले बताउनुभयो । नगरभित्रका वास्तवीक किसान पहिचान गरी नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने गरी छलफल भएको फियान नेपाल बाजुरा कार्यक्रम […]
काठमाडौं। सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज(सोमबार) बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्। गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
महेश कार्की/कोल्टी २१ मंसिर।जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर सोही नगरपालिका ३ का वर्ष अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको मिति तय गरेको छ । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि […]
नागरिक रैबार/बाजुरा १४ मंसिर।हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ घर भएका अन्दाजी वर्ष २८ का मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरिक्षक किसोर सिंह ऐरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार विहिबार विहान करिव […]
राजेन्द्र राेकाया/ काेल्टी १७ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा आजदेखि प्रथम साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । खेल जनकप्रकाश माद्यामिक बिद्यायलयमा संचालन भईरहेको छ । खेलमा २४ टिमको सहभागिता रहेको आयोज साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ । खेलहरु भोलि बिहान ७ बजेदेखि संचालन हुने भएका छन् […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ । करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका […]