होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनिल शाही/ नागरिक रैबार बाजुरा ३२ जेठ । रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी कोल्टीमा आयोजना गरिएको हो । शनिबार कोल्टीमा आयोजना गरिएको सो गोष्ठीमा स्थानिय रैथाने बालीको महत्व, त्यसको प्रयोगले स्वास्थ्यमा पर्ने प्रभाव, पोषणको अवस्था लगायतका विषयमा जानकारी प्रदान गरिएको हो । […]
सशस्त्र प्रहरी बलको लीले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका– १ लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो। रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान, त्यसमसा लाग्ने गोली एक थान […]
दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म दोलखाले नौ महिनाको अवधिमा सालको खपटा, चितुवाको छाला लगायत बरामद गरी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक किरणकुमार खठाएतले बताए । सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म […]
पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको हो । टेण्डर आब्हान संगै कालोपत्रेका लागि प्रकृया शुरु भएको छ । आरसिआइपीले लुंखु हुवास सडकको […]
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको सिस्ने गाँउपालिकाको धौलापैरामा रहेको मोटरेल पुल निर्माण कार्य अलपत्र परेको छ । निर्माण कम्पनीले समयमै पुल निर्माण गर्न नसक्दा ठुलो बर्षातको बेला खोलामा बाढी आएपछि गाडी वारपार गर्न कठिन बन्दै गएको छ । निर्माण सुरु गरेको ६ बर्ष भइसकेको भएपनि हाल सम्म निर्माणको ५० प्रतिशत काम नभएको स्थानीयले बताएका छन् […]
नयाँ मुलुकी सहिंता जारी भएसँगै दैलेख जिल्ला अदालतमा सम्वन्ध बिच्छेदका मुद्दा दर्ताको चाप बढेको छ । दैलेख जिल्ला अदालतको अभिलेख अनुसार चालु आर्थिक वर्षको ७ महिना नपुग्दै ७१ वटा सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये पुरुषले दिएका ३८ र महिलाले छुट्टिन चाहेर दिएका ३३ वटा मुद्दा छन् । जबकि यो अवधिमा २ […]
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा महिलाहरुलाई उद्घोषणकला तथा कानुनी सचेतनासम्बन्धी विषयमा तालिम दिइएको छ । बेनी नगरपालिका वडानम्बर १ को आर्थिक सहयोग तथा वडास्तरीय आमा समूह सञ्जाल रत्नेचौरको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तीन दिनसम्म चलेको तालिमको प्रशिक्षक रामबहादुर जिसी, सञ्चारिका समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पत्रकार जमुना वर्षा शर्मा, म्याग्दीका प्रहरी नायव उपरीक्षक […]
पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । पर्वतमा ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम वितरण गरिएको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । नयाँ खोलिएका होमस्टेको नयाँ संरचना बनाउन र पुराना होमस्टेको स्तरोन्नतीका लागि सो रकम वितरण गरिएको डिभिजन वन कार्यालय पर्वतका डिभिजनल […]
सडकको दाँया–बाँया ३१/३१ मिटर जग्गा छाड्नुपर्ने मापदण्ड निर्धारण गरिएपछि खोटाङस्थित मध्यपहाडी लोकमार्ग आसपासका स्थानीयको उठीवास हुने भएको छ । सरकारको निर्देशन लगत्तै सडकको दाँया र बाँया ३१/३१ मिटर जग्गा ओगटेर कालोपत्रेको काम थालिएपछि दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डका जग्गा धनीको उठीवासको अवस्था आएको हो । सडक विभागले लागू गरेको मापदण्ड अनुसार जग्गा छाड्दा अधिकांशको घडेरी […]