होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: बडादसैं सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दाबी गरेका छन्। चाडपर्वलाई लक्षित गरी लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको उनीहरुको दाबी छ। कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेका एक दर्जन बढी यातायात व्यवसायी समिति छन्। धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा […]
नागरिक रैबार/बाजुरा १२ असोज।जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । अस्पताल व्यवस्थापन समिति बाजुराले आज बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडा दशैंको शुभकामना आदानप्रदान गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीको अध्यतामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख […]
मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा […]
नागरिक रैबार/बाजुरा १० असोज। नेकपा एमाले गौमुल गाउँ कमिटीले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैको अवसर पारेर एमाले गाैमुल गाउँ कमिटीले आज पालिकाको केन्द्र घट्मुनामा शुभकामना आदान प्रदान गर्नुका साथै आसन्न मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्बाचनका बिषयमा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हाे । नेकपा एमाले गाैमुल गाउँ […]
नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे। सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु […]
नागरिक रैबार/बाजुरा १० असोज।अछामका बाढीपिडित परिवारलाई सुदूरपश्चिम प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग […]
भरतपुर : भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१२ नौरङेका ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्यु भएको हो। असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। बंदेलले आक्रमण गर्दा […]
दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार […]
कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय दबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको […]
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न […]
नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको […]
नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त […]
असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् । आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले […]
काठमाडाैँ / पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ […]
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ […]
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए । ‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष पनि दशैं तिहारको अवसरमा सर्वाधिक पुरस्कार धनरासीको चौथो क्षेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बाजुरा जिल्लाको शान र पहिचानका लागि क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिन लागेको हो । दशैं तिहारको उपलक्ष्यमा […]
नागरिक रैबार/बाजुरा ९ असोज। बुढीगंगा नगरपालिका वडा- ८ देवलसेनकी २८ वर्षिया भुमिका कुमाल श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छन् । असोज ६ गतेका दिन उनका श्रीमान गोकुल कुमालको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतिलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटीले बताएका छन् । श्रीमानको […]