होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ७, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अछामका बाढीपीडितलाई राष्ट्रसेवक कर्मचारीको आर्थिक सहयोग
Breaking News

अछामका बाढीपीडितलाई राष्ट्रसेवक कर्मचारीको आर्थिक सहयोग

  • नागरिक रैबार
अछामका बाढीपीडितलाई राष्ट्रसेवक कर्मचारीको आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा १० असोज।अछामका बाढीपिडित परिवारलाई सुदूरपश्चिम प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग गरेका हुन् ।

तालिममा सहभागि कर्मचारीहरुबाट संकलन भएको ३५ हजार ६ रुपैया जिल्ला प्रशासन कार्यालय अछाम मार्फत तुर्माखाद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिका गरी ३ वटा पालिकाका बाढीपीडितलाई सहयोग गरेको बडीमालिका नगरपालिकामा कार्यरत कर्मचारी गोपाल महतले बताएका छन् ।

विज्ञापन

अछाममा असोज २ गते रातिको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षेतीलाई मध्यनजर गर्दै तालिममा सहभागीहरुबाट राहत स्वरुप आर्थिक संकलन गरिएको कर्मचारी गोपाल महतले बताएका छन् । अविरल बर्षाका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा घर माथिबाट आएको पहिरोले घर पुर्दा ९ जनाको मृत्युु भएको थियो । बाढीपहिरोकै कारण तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही थिइन ।

यस्तै जिल्लाको कमलबजार नगरपालिका ६ ठाठिखादमा घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ७ जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन। मृत्यु हुनेमा एकै घरका २२ बर्षकि सञ्जिता जनाला,११ बर्षिय सृजना कामी,१५ बर्षकि गिता कामी,१९ बर्षकि सरिता जनाला,१० बर्षिय इश्वर जनाला,३४ बर्षिय मैनाकला कामी,र १९ बर्षिय धना जनाला रहेका छन।

सोही नगरपालिकाको वडा नं ८ ढाकुमा समेत पहिरो घर माथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ बर्षमा गम्भीरे दमाई,२३ बर्षकि भावना दमाई,६ बर्षकी सरस्वती दमाई,४ बर्षकि कल्पना दमाई र ३ बर्षका कालू दमाई रहेका छन। शनिबार बिहान आएको पहिरोले घर पुर्दा ढकारी गाउँपालीका ६ सिमानेमा २ बर्षिय नबिना बुढाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार