होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरिका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो […]
फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले […]
सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोसाकमा समयमै आइपुगे-नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । […]
नागरिक रैबार बाजुरा २४ असाेज । बाजुराकाे प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका एमालेका रंगमान शाहीका विरुद्धमा नेकपा एमालेको तर्फबाट साेही प्रदेशका उमेदवार बल्देव रेग्मीले मुख्य निर्वाचन अधिकृत कार्यालय बाजुरामा उजुरी दिएका छन । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्तीका अनुसार स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका शाहीले उम्मेद्बारी दर्ता गर्दा आफु […]
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी […]
नागरिक रैबार/बाजुरा २४ असाेज।राप्रपाबाट बाजुराकाे प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा हिमाल शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सदरमुकम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराका पूर्व सचिव समेत रहेका शाहीले उम्मेदवारी दर्तापछि भने प्रदेश(ख) का जनताकाे जिवनयापनमा परिवर्तन ल्याउन परिवर्तन चाहेको […]
धनगढीः नेकपा एमालेका नेता भीम रावलले आफूले एमाले नछाड्ने बताएका छन्। उनले हिजो (आइतबार) आफू निकट अछामका नेताहरुसँग संवाद गर्दै यस्तो बताएका हुन्। अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका रावल टिकट नपाएपछि गुपचुप बसिरहेका छन्। यसअघि रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा समेत बुझाएका थिए। उनीहरूमध्ये केही सिनियर […]
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी […]
नागरिक रैबार/बाजुरा २४ असाेज।बाजुराकाे जिल्लाको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका […]
नागरिक रैबार/बाजुरा २३ असाेज। बाजुराकाे प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा एकीकृत समाजवादीका नेता नरेश शाहीले उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर शाहीले प्रदेश […]
नागरिक रैबार बाजुरा २३ असाेज बाजुरामा बाम लाेकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता पाण्डेले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेलाई बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्ष उम्मेदवारी दर्ताका लागि काँग्रेस बाजुराका […]
नागरिक रैबार बाजुरा २३ असाेज नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता थापाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । थापालाई प्रतिनिधि सभाकाे उम्मेदवारीका दर्ताका लागि प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिव भरतबहादुर थापा र समर्थकमा […]
नागरिक रैबार बाजुरा २३ असाेज । नेपाल समाजवादी पार्टी बाजुरा जिल्ला समन्वय समितिका अध्यक्ष टेकबहादुर बडुवालले प्रतिनिधि सभाकाे प्रत्येक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरमुकाम मार्तडीमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बडुवालले स्वतन्त्रबाट प्रतिनिधि सभाकाे प्रत्येक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । प्रतिनिधि सभाकाे सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न प्रस्तावक विनाेद विक र समर्थक […]
नागरिक रैबार बाजुरा २३ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ! आईतबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनले प्रदेश सभा (क) का लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश (का) आम कार्यकर्ताकाे आग्रहमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे उनले बताएका छन् […]
दमक — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् । ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी […]
डडेल्धुरा,असोज २३ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ ।उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री […]
२३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन । प्रदेश सभाका पूर्व सदस्य बाबुलाल साहले रौतहट क्षेत्र नं. १ को (क) बाट स्वतन्त्र उम्मेदवारी […]