होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- गत जेठ अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आफ्नो फेसबुक पेजमा शारीरिक व्यायाम गरिरहेका तस्बिरहरु सार्वजनिक गरे। दुई दिनको अन्तरमा दुई दर्जनभन्दा बढी तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘नियमित शारीरिक व्यायामले प्रत्येक दिनलाई सरल, ऊर्जाशील र गतिशील बनाउँछ। स्वस्थ रहौं, खुसी रहौं।’ घरभित्र र बाहिर गरिरहेको व्यायामको तस्बिरलाई धेरै फेसबुक प्रयोगकर्ताहरुले […]
फागुन २१ सल्यान । आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो। मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकीको शव घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख […]
फागुन २१, दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश […]
फागुन २१ काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रि ट्रान्सप्लान्ट डाइलासिस सकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार बिहान ९ः३० बजेबाट सुरु गरिएको डाइलासिस दिउँसो १ः३० बजे सकिएको हो । डाइलासिस सकिएपश्चात अहिले २ः४५ बजे उहाँलाई बेड नम्बर ६०१ मा सारिएको छ । […]
फागुन २१ काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज ११ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा उहाँहरुलाई सपथ गराउनु भएको हो । नवनिर्वाचित सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती […]
एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा […]
फागुन २१ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको छ। गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चोकमा नेबिसंघले दिप प्रज्वलन गरेको हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नवौं स्मृती दिवसको अवसर पारेर गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ । ‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गर्ने तयारी गरिसकेका छौं,’ प्राडा ज्ञवलीले भने, ‘भोलिको प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र […]
सपना देख्ने हो भने किसुनजीले जस्तो त्याग गर्न सिक्नुपर्छ। नेता त्यो हो, जसलाई भविष्यको मार्गचित्र थाहा हुन्छ; आफू त्यो बाटो हिँड्छ र अरूलाई पनि बाटो देखाउँछ कुनै पनि व्यक्तिलाई पछिसम्म सम्झने उसले बाँचुन्जेल गरेका कर्मकै आधारमा हो। नेपालको राजनीतिक इतिहासमा धेरै व्यक्ति जन्मिए, कर्म गरे र मरेर गए। कोही इतिहास बनाएर गए भने कोही जसरी […]
फागुन २० काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः […]
जीवन दुई किसिमले बाँच्न सकिन्छ। एउटा मालिकजस्तो र अर्को गुलामजस्तो। गुलामीको जीवन नाममात्रको जीवन हो। यस्तो जीवनलाई यथार्थमा भन्ने हो भने जीवन भन्नु पनि गलत नै हुनेछ। किनकि यस किसिमको जीवन साह्रै कष्टकर हुन्छ। गुलामीमा आफ्नो भन्ने केही हुँदैन, सबैकुरा मालिकमा भर पर्नुपर्नेहुन्छ। मालिकहरूले यो हुँदैछ, त्यो हुँदैछ, यसो गर्दैछौं, त्यसो गर्दैछौं भन्दै सुन्दर सपना […]
फागुन २० काठमाडौं : राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आज सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु आज अन्तिम बैठकमा सहभागी हुँदैछन्। विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिन लागेको हो। आज कार्यकाल सकिनेमा महिलातर्फ सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाका बुढीनन्दा नगरपाालिकास्थथित काेल्टीमा माटोको ढिस्कोले पुरीएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीकी अन्दाजि ३५ बर्षिया पानसा बिष्ट रहेकी छन् । ढुगांको खानीबाट गिट्टी निकाल्न लागेको बेला माथिबाट आएको ढुंगासहितकाे माटोको ढिस्कोले पुरिएकाे र उनकाे उपचारका क्रममा काेल्टी प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु […]
नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ (आज) पुगेको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेको अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मदिनको हो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा […]
फागुन १४ पोखरा । प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधीहरुको लागि बनाइदिएको सेवासुविधासम्बन्धी कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचीमा रोक लगाइदियो । कात्तिक १ गते सर्वोच्चले रोक लगाएपछि अहिले स्थानीय तहका जनप्रतिनिधी सेवासुविधा विहीन बनेका छन । संविधानको धारा २२७ ले व्यवस्था गरेको छ, “गाउँसभा र […]
पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराउएका र सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी दिए । उनले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी […]
फागुन १४ धनगढी : पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई बुझाइने एक लाख पत्र संकलन कार्य शुरु भएको छ। बुधबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मञ्चबाट बोलन्या थली धनगढीले १ लाख पत्र संकलनको कार्य थालेको हो। पत्र संकलनको शुभारम्भ ८४ वर्षीय भोजबहादुर चन्दबाट गरिएको छ। दिउँसो ४ बजेसम्म […]
फागुन १४ राेल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको जनाका छन् । रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गरे […]
काठमाडौं – सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ। यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ । यी हुन् हाई आउनुका कारण – हार्ई फिजियोलोजिकल मेकानिजम हो । हार्ई […]
फागुन १४ कैलाली – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय […]