होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ मंसिर। बाजुरामा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ । विहान सात बजेबाट जिल्लाका ७० वटै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आज भईरहेको मतदानका लागि ९ सय ९३ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज […]
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी […]
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही […]
नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी […]
काठमाडौंः कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]
८ कात्तिक, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले घरको झ्याल बाहिर जडान […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। प्रथम बडीमालिका मेयर कपको उपाधी आयोजक समाज सुधार युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा रानीवन स्पोर्टस क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो मेयर कपको उपाधी जितेको हो । पहिलो हाफमा सुरुवादी अग्रता लिएको रानीवनले दोस्रो हाफमा कुनै गोल थप्न सकेन् । आयोजक समाज सुधारले भने दोस्रो हाफमा […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुरामा साँझ ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले आइतबार एक सूचना जारी गर्दै साँझ ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो। त्यस्तै तिहारको समयमा पटाका, विष्पोटक पदार्थ, सार्वजनिक स्थलमा मदिरा सेवन गरि होहल्ला र ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न सूचनामा भनिएको […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक।सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक सडक अवरुद्ध बनेको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ को जिल्लीमा सडक माथिबाट निरन्तर रुपमा सुख्खा पहिरो खस्न थालेपछि उक्त सडक अवरुद्ध बनेको हो । सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहसम्म आउजाउ गर्ने सवारी साधान र तिहार […]
काठमाडौंः आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग […]
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका […]
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ। पहिलो चरण अन्तर्गत प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै […]
नागरिक रैबार बाजुरा ४ कार्तिक मन्दिर प्रवेश गरेकाे निहुँमा दलितमाथि कुटपिट गर्ने त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहित ३ जना जनही १ लाख धराैटीमा रिहा भएका छन् । उनिहरूलाई हिजाे बाजुरा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पाैडेलकाे ईजलासले जनही १ लाख धराैटीमा रिहा गरेकाे हाे । पिडित सुनारकाे पक्षबाट सरकारी वकिलले बहस गरेका थिए […]
नागरिक रैबार बाजुरा ३ कार्तिक बावुराकाे सदरुकाम मार्तडीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन गरिएकाे छ । समाज सुधार युवा क्लवकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे आज एक कार्यक्रमकाविच नगर प्रमुख अमरबहादुर खड्काले उद्घाटन गरेका हुन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न […]
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको […]
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय पक्राउ परेका छन् । घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका टेकेन्द्र सिंह सुनारमाथि त्रिवेणी नगरपालिका ७ का […]
काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र […]
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी […]
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ […]