होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए। कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत […]
१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले […]
१२ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी रहेको हो। उनीहरुमा धेरैजसो क्वारेन्टिनमा बसिरहेका व्यक्ति रहेका छन् भने संक्रमितको सम्पर्कमा आएकाहरुको रिर्पोट पनि आउन बाँकी रहेको हो। स्वास्थ्य निर्देशनालयले परीक्षणका […]
यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ। पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले शुक्रबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले बैठक अवरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए। सरकारले कोरोना नियन्त्रण तथा पिसीआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको […]
धनगढी : लकडाउनका कारण सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुरहरु मर्कामा परेका छन्। लकडाउनपछि सार्वजनिक यातायात सञ्चालन हुन नसकेको भन्दै उनीहरुले मर्कामा परेको गुनासो गरेका हुन्। यस्तै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ। प्रालिका अध्यक्ष पदमराज […]
काठमाडौं – सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरुद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए । उनका […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् ।यसअघि बुधबारको बैठकले विभिन्न ७ […]
जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा […]
काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड […]
गगन अयडी धनगढी ,११ असार तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माको पहलमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरीए । जिल्लामा हेलीप्याड नहुँदा समस्या देखिएपछी मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ कि १८ बर्षिया […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै […]
१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]
१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको […]
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको […]
कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक […]
नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ । संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सरकारको ऋण बढ्नु […]