होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । […]
रौतहट ,देवाही गोनाही नगरपालिकाको वडा नं. ७ को गोनाही दलित बस्तीमा गत आइतबार करिब ११.३० बजे बिहानको दलित बस्तिका ५ घरमा आगलागी भएको छ । आगलगीमा पूर्ण रुपमा कृत राम, सरफलाल राम, जागृत राम, राम प्रवेश राम, जगत राम,प्रमोद महतोको घर जलेर नष्ट भएको छ।स्थानीयबासी, प्रहरी लगायतको सहयोगमा आगोलाई नियन्त्रणमा लिए पनि पूर्ण रुपमा जलेर […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको विवाद मिलाउन दुवैतर्फका दोस्रो तहका नेताहरुले दौडधुप तीव्र बनाएका छन् । सोमबार बिहान मात्रै स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेर सहमतिका लागि आग्रह गरेका छन् । यस्तै ओलीलाई पनि दोस्रो तहका नेताहरुले […]
८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । निनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् […]
बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका […]
नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् । नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का […]
८ मंसिर, काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् । महानगरीय […]
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
शनिबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको तीन घण्टा लामो संवादले राजनीतिक तरंग पैदा गरेको छ । भन्नलाई त्यो भेट संवैधानिक अंगमा पदाधिकारी नियुक्तिमा केन्द्रित भनिएको छ । तीन घण्टा लामो संवादको आधा घण्टा ओली र देउवाको छुट्टै छलफल भएको विषयले भने धेरैलाई आश्चर्यमा पारेको छ । […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् ।बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका […]
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले […]
काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् । सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप […]
कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०.७ प्रतिशत हो । ‘उच्च […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]
बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय […]
धनगढी :अछामको कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा पछिल्लो ३ दिनसम्म कोरोना परीक्षण भएन । स्वाब नहुँदा विहिबार, बुधबार र मंगलबार कोरोना परीक्षण हुन नसकेको हो । कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण हुने गरेको प्रयोगशालामा स्थानीय तहहरुले स्वाब संकलन गर्न छोडेपछि नमूना परीक्षण ह्वात्तै घटेको हो । परीक्षण हुन छाडेपछि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरु […]
काठमाडौं । बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भयो । ०७५ भदौ ४ मा उनको शवलाई प्रहरीले छुनुअघि घटना अनुसन्धान गर्न कुकुर परिचालन गरियो । नेपाल प्रहरीको केनाइन महाशाखाबाट ‘जोली’ नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । त्यहाँ १० वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका सानुकान्छा तामाङलाई जोलीले पछ्यायो । […]
तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको […]
धनगढी । धनगढीकी सुनिता चँदारा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ सस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् । कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरी सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चदारा उत्कृष्ट सातमा पुगेकी हुन् । उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् । गोल्डेन आइडल गायन तथा […]
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]