होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • धनगढीमा सुरु भयो सुनिता चंदारा जिताऔ अभियान
पत्रपत्रिका

धनगढीमा सुरु भयो सुनिता चंदारा जिताऔ अभियान

  • नागरिक रैबार
धनगढीमा सुरु भयो सुनिता चंदारा जिताऔ अभियान

धनगढी । धनगढीकी सुनिता चँदारा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ सस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् । कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरी सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चदारा उत्कृष्ट सातमा पुगेकी हुन् ।

उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् । गोल्डेन आइडल गायन तथा नृत्य विधामा हुँदै आएकोमा चदारा भने गायनतर्फ उत्कृष्ट सातमा पुगेकी हुन् । यस्तै आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुनिता जिताऔँ अभियानको समेत थालनी गरिएको छ ।

पत्रकार सम्मेलनमा चन्दराले सुदूरपश्चिमबाट आफू एक्ली प्रतिस्पर्धी भएको बताउँदै जिताउन आग्रह गरिन् । उनका दाई रमेशले सुदूरपश्चिमको सान र मानका लागि पनि सुनितालाई जिताउन आग्रह गरे । सुजितालाई एसएमएसबाट NGI SC17 टाईप गरेर 33001 मा भोट गर्न सकिनेछ ।

विज्ञापन

साथै गोल्डेन स्टारको मल्टिमिडिया एपबाट पनि उनलाई भोट गर्न सकिनेछ । उत्कृष्ट ५ मा पुगेपछि सिधै फाईनल हुने आइडलको विजेताले १० लाख नगद पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार